दाङमा स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु

दाङमा स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु

२७ मंसिर,घोराही- दाङमा स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर ६ अगेराका रोहित पाण्डेका २ वर्षीया छोरी आहाना पाण्डेको रहेको प्रहरीले बताएको छ ।

ना ३ ख ९९९३ नम्बर को बबई स्टार लिटिल बोडिङ स्कुलको बसले सोमबार सवा १० बजे जन्द्रगाउँदेखि विद्यार्थी लिएर स्कुल तर्फ आउँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाईते बालिकाको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनामा लगे लगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । बालिकाको पोष्टमाटम पछि अभिभावकको जिम्मा लगाएको प्रहरीले बताएको छ ।।