रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

 रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

दाङ कार्तिक २८। रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको मृतकको पहिचान खुलिसकेको छैन ।

छ जना सवार रहेको अनुमान गरिएको सो जिप दुर्घटनामा परेर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ । दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले दुर्घटना स्थलमा खोजीकार्य जारी राखेको छ ।

माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।