दाङकाे लमहीमा बस दुर्घटना, २९ जना घाइते

दाङकाे लमहीमा बस दुर्घटना, २९ जना घाइते

शिवु खनाल
दाङ, ५ मंसिर
दाङको लमहीमा बस दुर्घटना हुदा २९ जना घाइते भएकाे वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
सुर्खेतबाट काठमाडौ जादैँ गरेको कर्णाली प्रदेश ०२-००१ख०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुर स्थिति दुर्घटना हुदाँ बसमा सवारी २९ जना यात्रु मध्यम खालकाे घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आइतवार विहान १: ४५ बजे पूर्वपश्चिम महेन्द्र राजमार्ग लमहीकाे नारायणपुरमा बसकाे पट्टा भाचिएपछि बस अनियन्त्रित भइ दुर्घटनामा परेको हाे ।

घाइतेहरूकाे लमही अस्पतालमा उपचार भइरहेकाे छ भने ७ जना घाइतेहरूकाे थप उपचारको लागि काेहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूकाे नाम ठेगाना भने खुल्न बाकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेकाे छ ।।