सल्यानमा जिप दुर्घटना हुदा १२ जना घाईते, ३ जनाको अवस्था गम्भीर (विवरण सहित)

सल्यानमा जिप दुर्घटना हुदा १२ जना घाईते, ३ जनाको अवस्था गम्भीर (विवरण सहित)

१० कात्तिक,घोराही –
सल्यानमा आज बिहान जिप दुर्घटनामा परेको छ । सल्यान मर्मपरिकाडाबाट नेपालगंज बाके तर्फ जादै गरेको भे.१ ज ९३० नम्बरको महेन्द्रा बलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । विहान ९ बजे २० को समयमा बनगाड कुपिण्डे ४ का २४ वर्षिय लाल बहादुर बुढाले चलाएको जिप सल्लिबजार चौरजहारी जाने सडक खण्ड अन्तरगत कुमाख गाउँपालिका २ धावपानिखोलामा दुर्घटना भएको हो ।

उक्त जिपमा सवार १५ जना मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुर्घटनाको जानकारी पाएलगतै अस्थायी प्रहरी पोष्ट नेटाबाट प्रहरी सहायक निरिक्षक नर बहादुर के.सी.को कमाण्डमा गएको टोलिले जिपमा सवार १२ जनालाई उद्दार गरी उपचारको लागि सल्लिबजारजार तर्फ पठाइएको छ ।

जिप सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको छ । चालकलाई नियन्त्रणमा लिईएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।।
घाईतेहरुको विवरण र अवस्था

१) चालक:- जिल्ला सल्यान बनगार कुपिण्डे न.पा. ४ बस्ने बर्ष २४ जको लाल बहादुर बुढा – (सामान्य)
२) साहु:- जिल्ला सल्यान कुमाख गा.पा. २ बस्ने बर्ष ३३ को पुर्ण बहादुर बुढा – टाउको मा चोट (सामान्य)
३) ऐ. कुमाख गा.पा. १ बस्ने बर्ष२९को बिशाल बि.क. टाउकोमा चोट ( सामान्य)
४) ऐ. ऐ. बस्ने बर्ष ३० ईन्द्र बहादुर चन्द – टाउको र हातमा चोट ( सामान्य)
५) ऐ कुमाख गा.पा.२ बस्ने बर्ष ३६ को बुध्दि थापा – भित्री चोट ( सिरियस)
६) ऐ.ऐ. बस्ने बर्ष बर्ष २१ कि दुर्गा खत्री टाउको , शरिरमा चोट ( सिरियस)
७) ऐ.ऐ. बस्ने बर्ष ३२ की लोकमाया पुन- भित्र चोट ( सिरियस)
८) ऐ. बनगार कुपिण्डे न.पा. ४ बस्ने बर्ष २९को पिपर बुढा ( सामान्य)
९) ऐ . सिद्ध कमाख गा.पा. ४ बस्ने बर्ष २१ को दिल बहादुर चालउने – शरिमा चोट ( सामान्य)
१0) निजको श्रीमाती बर्ष अ. २० की दुर्गा चलाउने- शरिरमा चोट (सामान्य)
११) निजको छोरी बर्ष २ को प्रशान्त चलाउने – (सामान्य)
१२) जिल्ला कैलाली लम्कीचुवा न.पा. ३ बस्ने बर्ष २८ को देब बहादुर बस्नेत – हातमा चोट ( सामान्य)