टिपरको ठक्करबाट आमा छोरोका मृत्यु

टिपरको ठक्करबाट आमा छोरोका मृत्यु

प्युठान, मंसिर २०। प्युठानमा टिपरको ठक्करबाट अटोमा सवार आमा छोरोका मृत्यु भएका छ। अन्य तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ वर्षीया अमृत थापा उहाँकै ४ वर्षीय छोरा सुसान्त थापा रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार अन्य घाइते हुनेहरुमा प्युठान नगरपालिका–३ बस्ने ८ वर्षकी दुर्गा थापा, ३० वर्षीया पुनम थापा र १६ वर्षीया विपना थापा र १० बर्षीया शुष्मा थापा रहेका छन् । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना.८ ख ३९०३ नम्बरको टिपरले रा.१ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवि गाउँपालिका–५ स्थित चकचके, चेरनेटा सडकखण्डमा ठक्कर दिएको हो।

  • प्रत्यक्षदर्शीका अनुसार अटो अनियन्त्रीत भई पल्टिदा विपरित दिशाबाट आउँदै गरेको टिपरले किचेर दुई जनाको मृत्यु भएको हो। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।