गोलीका छर्रा लागेर गम्भीर घाईते भएका पौडेलको मृत्यु

गणतन्त्र समाचारदाता
तुलसीपुर, २२ मंसिर । पाँचवटा गोलीका छर्रा लागेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारी निवासी खुसलराम पौडेलको मृत्यु भएको छ ।

भारतको लखनउमा उपचारको क्रममा शनिबार मृत्यु भएको स्थानीय दिपशिखा घर्तीले जानकारी दिईन् ।

नखनउमा उपचार सम्भव नभएपछि घर ल्याउने क्रममा शनिबार मध्यान्ह १२ बजे रुपैडिहामा मृत्यु भएको हो ।

पौडेलको शनिबार साँझ नै दाह संस्कार गरिएको थियो ।
पौडेललाई मंसिर १० गते राति सिकार खेल्न अमिलियाको चाउखोला बनमा गएको बेला उनीसंगै गएका साथीहरुले प्रहार गरेको गोली लोगर गम्भीर घाईते भएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनास्थल नजिकैबाट एकथान बन्दुक समेत बरामद गरेको थियो । मंसिर १० गते बुधबार राति साढे ९ बजेतिर उक्त घटना भएको थियो । पौडेलको ढाडको पछाडी तीन ठाउँमा र तिघ्रामा दुई वटा गोलीको छर्रा लागेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *