काखी बच्चा च्यापेर हाते सिपमा

दिप्तीशिखा चौधरी
दंगीशरण, २४ मंसिर । सर्मिला चौधरी काखे बच्चा च्यापेर हस्तकला निर्माण तालिममा सहभागिता जनाईन् । उनलाई थारु हस्तकला बनाउँन एकदम ईच्छा जाग्छ । “बई बाजेले थारु हस्त निर्मीत बस्तु बनाएको देखेर एकदमै रहर लाग्छ त्यहि भएर बच्चा सानो भएपनि तालीममा सहभागि भए ।” उनले भनीन् । सर्मिला जस्तै सबिना चौधरी पनि काखे बच्चा च्यापेर टङ्गी बनाउँने तालीममा सहभागि भईन् ।

“यो तालीम लिन पाउँदा म एकदमै खुसी छु हामी जस्तो आजको पिढीलाई थारुहरुले प्रयोगमा ल्याउँने यस्ता तालीम अझै ल्याईदिनुपर्छ ।”उनले भनीन् । टिका चौधरी २१ बर्षकि भईन् उनीलाई पनि थारु हस्तनिर्माीत बस्तु सबै बनाउँन मन पर्छ । उनीलाई भने जस्तै भो घर नजीकै सिक्नलाई तालिम संचालन भयो ।

यस अघि पनि थारु हस्तकला दाङे संचालन गरेको चोल्या, लहंगा सिउँने तालिम लिईसकेको बताई । “आजका यूवापिढीलाई यी यस्ता तालीमको आवश्यक छ ।”उनले भनीन् । यो थारु परम्परागत हस्तकला सम्बन्धि मादलको टङ्गी निर्माण तालिममा सहभागिहरुको भनाई हो । नेपाल हस्तकला महासंघ काठ्माण्डौँको प्रायोजक र दाङ हस्तकला संघ घोराहि दाङको आयोजनामा १३ दिने टङ्गी निर्माण तालिममा सहभागिहरुले यस्तो बताएका हुन् ।

प्रशिक्षक मिनादेवी थारुले थारुहरुले खाने सुटहि बाट नै मादल सजाउँने राम्रो बस्तु बन्न सक्ने भएकाले अवका थारुहरुलाई यस प्रकारको सुटहि प्रयोगमा आउँन सक्छ भन्ने सिकाउँनका लागि टङ्गी बनाउँने सिकाएको बताईन् । “गाउँमा सुटहिको भित्रको मासु खाने र अरु सबै फालीदिने थारुहरु अव भने यसलाई राख्न सिकेका छन् ।

यो अवका पुस्ताहरुलाई सिकाई भएको छ ”– प्रशिक्षक थारुले भनीन् ।
सो अवसरमा थारु कल्याणकारीणी सभा दाङ अध्यक्ष भुवन चौधरीले कतै पनि नदेखिएको टङ्गी निर्माण तालिम दाङ हस्तकला संघले आयोजना गरेको भन्दै खुसी ब्यक्त गरे । टङ्गी दाङ जिल्लामा कहि पनि छैन तर अव यसको सुरुवात भएको छ । यसलाई अझ बढाएर लग्ने अधयक्ष्य चौधरीले बताए । यो तालीमबाट सिकेको सिप देखेर थप केहि गर्ने उतसाह जागेको छ । आगामी दिनमा यसलाई बजारीकरण गर्नका लागि आफुले पहल गर्ने र यसलाई अरु ठाउँमा पनि लग्नका लागि योजना बनाउँने कुरा बताए ।

दाङ हस्तकला संघका अध्यक्ष अशोक थारुले सुटहि एक प्रकारको पानिमा पाईने चिजको जसबाट मादल सजाउँने बस्तु निर्माण गर्न सकिने भएकाले यो तालीम संचालन गरेको बताए । थारु समुदायले प्रयोगमा ल्याउँने थुप्रै कच्चा पदार्थबाट थुपै्र खालको हस्त निर्माीत बस्तु बन्न सक्ने भन्दै दाङ हस्तकला संघले यी यस्ता तालिम संचालन गर्दै आएको बताए । सुटहि पनि एक प्रकारको कच्चा पदार्थ हो ।

“यो घोङ्घि जस्तै खोला तथा नदिमा पाईन्छ यसको भित्रको भाग खाने र बाहिरको भाग फालिने गरिन्छ तर मादल सजावटका लागि उो एकदमै उत्तम चिज रहेछ । त्यसैले यसलाई प्रयोगमा ल्याउँनपर्छ भन्दै तालीम संचालन गरिएको हो ।”– अध्यक्ष थारुले भने । दंगीशरण गाउँपालिका वडा न. ३ हेकुलीमा १३ दिन सम्म संचालित तालीममा दश जना थारु महिलाहरुको सहभागिता रहेको थियो ।

दाङ हस्तकला संघले कच्चा पदार्थलाई प्रयोगमा ल्याउँनका लागि र हराउँदै गएका सास्ंकृतीक चिजलाई जगेर्ना गर्नका लागि यस्ता खालका तालीम संचालन गराउँदै आएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *