हिसांबाट छुट्कारा नपाएको पिडीतहरुको गुनासो

गणतन्त्र समाचारदाता
दंगीशरण, २४ मंसिर । दंगीशरण गाउँपालिको लैंगीक हिंसा विरुद्धको १६ दिने दिवस विभीन्न कार्यक्रम गरि मनाएको छ । पालिकाको महिला तथा बालबालीका तथा समाज कल्याण ईकाई शाखाले लैंगीक हिंसा विरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउँनका लागि “म हिंसा सहने छैन, म हिंसा गर्ने छैन” भन्ने नाराका साथ प्रतिबद्धता हस्ताक्षर संकलन अभियानलाई सफल पारेको छ । अभियानलाई सफल बनाउँन गाउँपालिका र वडाहरुमा हस्ताक्षर अभियान संचालन गरेको हो ।

प्रतिबद्धता हस्ताक्षर अभियानमा दंगीशरण गाउापालिका उपाध्यक्ष एंव न्यायीक समितीका संयोजक पिमा कुमारी खड्काले दंगीशरणमा लैंगीक हिंसामा परेका नागरिकहरुको अवस्था बुझ्नका लागि वडाहरुमा यो अभियानलाई संचालन गरेको बताईन् । “लैंगीक हिसां सहने होईन तपाई न्यायीक समितीमा आउानुस् तपाईको समस्या समाधान हामी गछौँ ।”(उपाध्यक्ष खड्काले भनीन् ।

अभियानमा सहभागि महिलाहरु आफुहरु लामो समयदेखि हिंसामा पर्दै आएको र कहाँ गएर को संग सुनाएर हिंसामुक्त भईएला भन्ने कुराको थाहा नभएको बताए । आफनै गाउँमा जनप्रतिनिधि भएपनि न्याए पाउँने कुनै ठाउँ नदेखेको बताए । “यो हामीले भोग्नुपर्ने पिडा हो, पिडामै सीमित छ ।” दंगीशरण गाउँपालिका वडा न. २ कि नाम नभन्ने शर्तमा एक महिलाले भनीन् । वडा न.६ र ७ का महिलाहरुले पनि उस्तै पिडा सुनाए । जंगलको छेउछाउँ घर भएकाले कतै बाट शुरक्षाको अनुभुती नभएको बताए ।

“आज हिंसामा परे भनेर खुलेर आएपनि बास बस्न जाने त्यहि जंगलको छेउमा हो कसरी सुनाउँनु अव केहि हुदैँन हाम्रो लागि जसरी बाचिराछौँ त्यसरी नै जिन्दगी चल्छ न्यायको लागि कसको आस गर्नु ।”– एक महिलाले भनीन् ।
महिलाहरुको पिडा सुनिसकेपछि संघिय साझेदारी दंगीशरण गाउापालिका संयोजक माया चौधरीले आफु नखुल्दा सम्म समस्या जिउका तिउँ हुने बताईन् । समस्या बाहिर ल्याए मात्र समाधान हुन्छ , समय फेरीएसगैं अवका दिनमा महिलाहरु बाहिर खुलेर आउँन जरुरी रहेको उनले बताईन् ।

“हामी संग नारी छ हाम्रो अभियान जारी छ ”यी यस्ता नारा लाई आत्मसाथ गर्दै अगाडि बढ्न सुझाव दिईन् ।
अभियानमा महिला मानव अधिकार रक्षक संजालकि सचिव पदमा चौधरीले हिंसालाई न्यूनिकरण गर्नका लागि स्थानीय तहले मूख्य भूमिका खेल्नुपर्ने बताईन् । विभीन्न संघ सस्ंथाले यस प्रकारको अभियानमा लागिपरे पनि अवका दिनमा स्थानीय निकाएले निती निर्माण गरि यस्ता खालका लैंगीक हिंसालाई निर्मूल पार्न सकिने बताईन् ।

यस्तै अभियान संचालनका क्रममा महिला पुनस्र्थापना केन्द्र ओरेकले गाउँपालिकासंग सहकार्य गरेर लैंगीक समानता तथा सामाजिक समावेशिकरण निति प्रारम्भिक मस्यौदा निर्माण कार्यदलको बैठक सम्पन्न गरेको छ ।
लैंगिक हिंसा ऋन्त्यको प्रतिबद्धता,ब्यक्ति,समाज र सबैको ऐक्यवद्धता भन्ने राष्टिूय मुल नाराका साथ आयोजना गरिएको बैठकमा महिला मानवअधिकारकर्मी शुष्मा गीरीले लैगींक समानता निती किन आवश्यक छ भन्ने विषयमा जानकारी गराईकि थिईन् । स्थानीय तहले लैंगीक शिंसा विरुद्धको निती निर्माण गर्दा विषयवस्तु, कारण, रणनिति, परिणाम, सीद्धान्त निर्माण गरेर मात्र निती बन्न सकिने बताईन् ।

सो अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा लैंगीक हिंसा न्यूनिकरण अभियानलाई सफल पार्नका लागि महिला मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसस्ंथाहरुसंगको सहकार्यमा अगाडि बढ्ने बताए । लैंगीक हिंसा घरमा तथा समाजमै दवेर बस्ने जुन प्रचलन छ यसलाई उजागर गर्नु स्वयम हिंसा पिडितहरु अगाडि आए मात्र यस अभियानलाई १६ दिन मात्र नभई सधैँका लागि अभियानकै रुपमा संचालन गर्न सकिने बताए ।

यस्तै बैठकले लैंगीक समानता तथा सामाजिक समावेशिकरणनितीको प्रारम्भिक मस्यौदा निर्माण कार्यदल गठन गरेको छ । कार्यदलमा शिक्षा शाखा प्रमुख विनोद अधिकारी, कानुनी मामिला शाखाका किरण पोख्रेल, वडा न. १ वडा अध्यक्ष श्रीप्रशाद चौधरी, महिला बालबालिका तथा सामाजिक शाखाका चन्द्रा वली, आरेक नेपालकि ईश्वरी थापा, यूएसएआईडिका माया चौधरी र सल्लाहकारमा अध्यक्ष भागिराम चौधरी रहेका छन् ।

कार्यक्रमको शहजीकरण महिला बालबालिका तथा सामाजिक शाखाका चन्द्रा वलीले गरेकि थिईन् । अभियान अन्र्तगत अन्तीम दिन गाउँपालिकामा २५ गते दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *