एउटै वडामा करोडौको बजेट ‘सिचाईको लागि आकाशे पानी कुर्नुपर्ने बाध्यता हट्यो’

शिवु खनाल
देउखुरी, २६ मंसिर । गाउँमा सिचाइ गर्नको निम्ति आकाशे पानिको लागि भरपर्नु बाध्यता थियो । सिचाइको सुविधा नहुदा कृषिमा पेशाबाट बञ्चित हुनुपर्ने अवस्था थियो । जस्ले गर्दा गाउँका कृषि पेशामा अवद्ध रहेका अधिकांश किसानहरु स्वदेश छोडेर रोजगारीको लागी विदेशीनु पर्ने बाध्यता थियो ।

दाङको गढवा गाउँपालिका वडा नम्बर १ वनबारी निवासी डण्डबहादुर जिसिले भन्नुभयो,–। ‘अहिले स्वदेश छोडेर रोजगारीको लागी विदेशीनु पर्ने बाध्यता अन्त्य भएको छ । वडामा सिचाइको सुविधा भएपछिरोजगारीको लागी विदेशीनु पर्ने बाध्यता अन्त्य हुनुका साथै, आकाशे पानी कुर्नुपर्ने बाध्यता समेत अन्त्य भएको हो ।

अहिले वडा अन्तरगत सिचाइको योजनाहरू काम सम्पन्न भइ संचालनमा आएको छ ।’
गढवा गाउँपालिका वडा नम्बर १ चिसापानी निवासी गोबहादुर पुनको एक विगहा जग्गा विगत देखि बाजो रहदै आएको थियो । गाउँमा सिचाइको सुविधा नभएकै कारण पुनको एक विगहा जग्गा बाझो रहेको हो ।

तर यसवर्ष वडामा सिचाइको काम सम्पन्न भए लगत्तै उक्त जग्गा बाझो राख्नुपर्ने समस्या अन्त्य भएको पुुनले बताउनुभयो ।दाङको गढवा गाउँपालिका वडा नम्बर १ मा एक करोड ३४ लाख ५० हजार बराबरको सिचाइको काम सम्पन्न भएको छ ।

गाउँपालिका, वडा र सांसद विकास कोष आर्थिक आर्थिक वर्ष ०७४÷०७५ मा एघार लाख पचास हजार, ०७५÷०७६ मा पन्ूलाख, ०७६÷०७७ नब्बे लाख, ०७७÷०८७ मा अठार लाख गरि कुल एक करोड ३४ लाख ५० हजार बराबरको सिचाइका योजनाहरू सम्पन्न भएको वडाध्यक्ष बावुराम अधिकारीले जानकारी दिनुभयो ।

चिसापानी कुलो बाध निर्माणको लागि सांसद मेटमणी चौधरीको सांसद विकास कोषबाट दशलाख बजेट विनियोजित भइ काम सम्पन्न भएको हो । वडामा नब्बे प्रतिशत कृषि पेशा र दश प्रतिशत अन्य व्यवसायीमा आवद्व हुनुहुन्छ, वडाध्यक्ष अधिकारीले भन्नुभयो ।

सांसद मेटमणी चौधरीको पहलमा तराई मधेस कार्यक्रमबाट ६३ लाख विनियोजित भइ डिप बोरिङ्गको काम भइरहेको छ । भने आर्थिक वर्ष ०७७÷०८७ मा चिसापानी बाध निर्माणको लागि मेटमणी चौधरीको सांसद विकास कोषबाट दशलाख बजेट विनियोजित भएको छ ।

सिचाइमैत्री गाउँ निर्माण गर्न अझ काम बाकि रहेको छ । त्यसको लागि दिर्घकालीन योजना बनाएर अगाडि बढ्ने गुरूयोजना बनाएको छु, वडाध्यक्ष अधिकारीले भन्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *