दाङमा एकै दिन तीन खोलामा पुल शिलान्यास लुम्बिनी प्रदेशमा बिकासले गति लिदै छ ः मुख्यमन्त्री पोख्रेल

गणतन्त्र समाचारदाता
तुलसीपुर,मंसिर २६ । दाङका तीन ओटा पुलमा बिहिवार एकै दिन पुल शिलन्यास गरिएको छ । घोराही–स्यूजा जोड्ने कटुवा खोला, टिकरी–राइखल्यान जोड्ने पातु खोला र राप्ती गाउँपालिका वडा नं ४ र ८ जोड्ने दोलई खोलामा पुल शिलन्यास गरिएको हो ।
तीन ओटै पुलको शिलन्यास लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गर्नुभएको थियो । कटुवा खोलामा आयोजित शिलन्यास कार्यक्रमा बोल्दै पोख्रेले प्रदेश सरकारले विकास निर्माणाका कामलाई तीब्रता दिएको बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधार विकासका साथै मानवीय विकासमा पनि प्रदेश सरकारको ध्यान पुगेको धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं १० राइखलीयान र तुलसीपुर उपमहागनरपालिका वडा नं ८ को टिकरी जोड्नका लागि पातुखोलामा निर्माण हुन थालेको पुलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पातुखोलामा निर्माण हुन लागेको पुल दुईलेन रहेको भन्दै उहाँले पुल बनिसकेपछि सवारी साधन आवत जावतमा सहज हुने बताउनुभयो ।

‘तुलसीपुरको ग्वारखोलामा ३ वटा पुल निमार्ण भैसकेका छन्, चौथो पुल निमार्ण हुने प्रक्रियामा छ, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘तर पातुखोलामा एउटा मात्र पुल हुदाँ आवात जावतमा समस्या बनेको छ, राजमार्गको हिसावले हेर्दा त्यो पुल उपयुक्त होइन ।

फराकिलो पुलको आवश्यकता थियो त्यो अब पुरा हुदै छ ।’
पोख्रेलले पुल बनेसगै तुलसीपुरको बस्ति विकास सगंसगै पुलहरुको आवश्यकता बढ्ने बताउनुभयो । उहाँले घोराही देखि आँखा अस्पताल हुँदै–पुरन्धारा बैकल्पिक सडक निर्माणको काम समेत अघि बढेको बताउनुभयो ।

त्यस्तै उहाँले संघीय सरकारको अनुदानमा पातुखोलामा रहेको अटोभिलेज जोड्ने पुल पनि निर्माण हुने गरि बजेट आएको बताउनुभयो । उहाँका अनुसार यो सगै पातुखोलामा पनि चारवटा पुल हुने छन । यसले पश्चिम दाङको विकासमा थप मद्धत पुग्ने अपेक्षा गरिएको पोख्रेलले बताउनुभयो ।

फरक प्रसंगमा मुख्यमन्त्री पोख्रेलले भन्नुभयो,– ‘देउखुरीमा राजधानी आइसके पछि पश्चिम दाङ पछाडी पर्छ की ? भन्ने चिन्ता गरि राख्नु पर्दैन । पश्चिम दाङको सबैभन्दा विकट क्षेत्र भनेको गंगटे भएको भन्दै पोख्रेलले त्यहाँ पनि सडक निर्माणका लागि टेण्डर भइसकेको बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कोमल ओलीले पातुखोलामा दुइलेनकोे पुल निमार्ण भएसगै पश्चिम दाङको विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डिल्ली चौधरीले विकास निर्माणको हरेक काममा नेपाली कांग्रेस साथमा रहेको बताउनुभयो ।
साथै सो अवसरमा पुल निर्माण कम्पनीका प्रमुख इश्वर पुनका अनुसार ८ करोड ३१ लाख ६४ हजार दुईसय २५ लागतमा बन्न लागेको पुलको लम्बाई ७० मिटर रहेको छ भने चौडाई १० मिटर रहेको छ ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको पुल २४ महिना भित्र सक्ने सम्झौता भएको छ । पुल निमार्णको जिम्मा हिराचन÷जलजला÷जयमा स्वर्गद्धारी र जेभी कम्पनी दाङले लिएका छन ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *