नेकपाका प्रभावशाली नेताहरु दाङ आउने

गणतन्त्र समाचारदाता
घोराही, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेताहरु आज आइतबार घोराही आउनुहुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हेमराज शर्मा र केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य दामा शर्माकी ममतामयी आमा कुन्तादेवी पोख्रेलेको १३ दिननको अवसरमा आयोजित श्रद्धाञ्जलीसभालाई संवोधन गर्नुहुन नेकपाका प्रभावशाली नेताहरु आउने कार्यक्रम तय भएको हो ।

कार्यक्रमा पूर्वसभामुख कृष्णबहादुर महरा, उर्जा तथा जलस्रोत मन्त्री एवम् स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’, पूर्वसभामुख एवम् नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती, पूर्वमन्त्री एवम् नेकपाका नेताहरु रेखा शर्मा, जयपुरी घर्ती, लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार लगायतका नेताहरु दाङ आउन थाल्नुभएको हो । कार्यक्रम विहान १० बजे नेता हेमराज शर्माको घोराही– १५ दिप्तशिखा स्थित निवासमा हुने छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *