तुलसीपुर ल्याइँदै गरेको अखाद्य बस्तु नवलपरासीमा नष्ट

गणतन्त्र समाचारदाता
तुलसीपुर, २९ ।मंसिर र तुलसीपुर ल्याउन लागिएको कृत्रिम अमिलो चुक नवलपरासी पूर्वको माकावासोति नष्ट गरिएको छ । कर्न फ्लोर, साइटिक एसिड, क्यारामेल रङ, सोडियम बेन्जोएट र कृत्रिम बास्ना राखी तयारी गरिएको अखाद्य चुक नष्ट गरिएको हो ।
प्रहरीले कावासोतीबाट बरामद गरेको एक हजार २६० लिटर चुक घरेलु तथा साना उद्योग कार्यालयमार्फत नष्ट गरिएको हो ।

बरामद गरिएको चुक अमिलोको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको थियो । परीक्षणका क्रममा प्राकृतिक अमिलोबाट चुक बनाएको नपाइपछि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विक्रम सुवेदीले बताए ।
कावासोती नपा–१३ निवासी टेकबहादुर विकले प्रदेश २–०३–००१–च ०५०० को गाडीमा दाङको तुलसीपुरका लागि गोरखा कालिका चुक उद्योग गैँडाकोट नपा–५ बाट उत्पादित चुक लैजाने क्रममा बरामद गरिएको थियो । ठूलोमात्रामा चुक बरामद भएपछि गुणस्तरमा शङ्का लागि परीक्षणका लागि भैरहवा पठाइएको थियो ।

गुणस्तर परीक्षण गर्दा विभिन्न रसायनबाट चुक बनाएको पाइएपछि नष्ट गरिएको कार्यालय प्रमुख सुवेदीले बताए । गुणस्तर परीक्षण गर्दा उक्त खाद्य पदार्थ प्रचलनमा रहेको चुक अमिलो नभई कुनै खानयोग्य अमिलो, स्टार्च पाउडर र क्यारामेल रङ राखी तयार पारिएको चुक अमिलो जस्तै देखिने कृत्रिम वस्तु रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले जानकारी दिए ।

गोरखा कालिका चुक उद्योगले खाद्य पदार्थको उत्पादन, विक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले खाद्य उद्योगको अनुज्ञापत्र लिनुपर्नेमा सो अनुमतिसमेत नलिएको पाइएको छ । उद्योगलाई आवश्यक कारवाहीका लागि प्रदेश कार्यालयमा पत्राचार गरिसकिएको जनाइएको छ । शनिबार नष्ट गरिएको चुक अमिलो बजार मूल्यअनुसार रु पाँच लाखभन्दा बढीको छ । बजारमा कुनै पनि लेबल नलगाई कमसल खालका वस्तुका प्रयोग गरी चुक अमिलो बिक्री गर्ने धेरै पाइएकाले यसमा उपभोक्तासमेत सचेत हुनुपर्ने बताईएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *