पार्टी एकताको रक्षा हुनेगरी बहश भइरहेको छ ः नेताहरु

पाण्डव शर्मा
घोराही, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली नेताहरुले पार्टी एकताको रक्षा हुने गरी बहश भइरहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय सदस्य हेमराज शर्माको ममतामयी आमा कुन्तादेवी पोख्रेलको १३ दिनको अवसरमा आयोजित श्रद्धाञ्जलीसभा कार्यक्रममा सहभागि नेकपाका प्रभावशाली नेताहरुले अहिलेको बहश कुनै व्यक्तिगत नभएर बैचारीक भएको बताएका हुन् ।

नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी कमिटी भन्दा ठूलो कुनै व्यक्ति हुन नसक्ने बताउनुभयो । उहाँले पार्टीको निर्णयलाई मान्नु कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता देखि सबै सदस्यको कर्तव्य भएको बताउनुभयो । ‘म पार्टी एकताको सुत्रपात गर्नेहरु मध्ये एक हुँ,’ शर्माले भन्नुभयो, ‘हाम्रो कुनै मनोगत चाहनाले मात्रै पार्टी एक भएको होइन, यसका लागि बस्तुगत परिस्थिति तयार भएको थियो ।’ अहिले पार्टी भित्र भइरहेको बहश अबको रानजीतिक लाइन के हुने र पार्टी कस्तो बनाउने भन्नेमा नै केन्द्रित भएको उहाँले स्पष्ट पार्नुभयो ।

जलस्रोत तथा उर्जामन्त्री समेत रहेका अर्का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले पार्टी एकतालाई बचाउने गरी बहश र छलफल भइरको बताउनुभयो । उहाँले जिवन्त पार्टी भित्र छलफल र बहश हुनु स्वभाविक हुने बताउँदै यसले सकरात्मक परिणाम दिने धारणा व्यक्त गर्नुभयो । ‘अहिले नेकपा र सरकार जनताकै पक्षमा काम गरिरहेको छ,’ पुनले भन्नुभयो, ‘पार्टी भित्र छलफल हुनु स्वभाविक हो, रुपान्तरण सहितको पार्टी एकताको पक्षमा हामी निरन्तर लागिरहेका छौं ।’

कार्यक्रमका प्रमुख वक्ता समेत रहनुभएका निर्वतमान कृष्णबहादुर महराले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत विकासका लागि अहिले संघर्ष भएको बताउनुभयो । ‘अहिले पार्टीहरुबीच फुट गराउन अन्तरराष्ट्रिय शक्ति केन्द्रहरु नै लागिरहेका छन्,’ महराले भन्नुभयो, ‘अहिले केही शक्तिहरुलाई पार्टी एकता र अहिलेको उपलब्धि मन परिरहेको छैन, उनीहरु यसका विरुद्ध लागिरहेका छन् ।’
अहिलेको लडाई अग्रामी दृष्टिकोण बोक्ने र त्यसलाई स्वीकार गर्न नसक्नेहरुबीच भएको उहाँको बुझाई छ ।

पूर्वसभामुख एवम् नेकपाका प्रदेश अध्यक्ष ओनसरी घर्तीले गणतन्त्र, धर्मनिरपक्षता, समानुपाति लगाएका उपलब्धिहरुलाई रक्षा गर्नु अहिलेको प्रमुख दात्यिव भएको बताउनुभयो ।
नेकपा केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले पार्टीलाई सरकारले नभएर सरकारलाई पार्टीले चलाउनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ ले कुन्तादेवी पोख्रेल र उहाँका परिवारको वारेमा प्रकाश पार्नुभएको थियो । जिल्ला सचिव सुवा पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालय सदस्य सुरामणी वेल्वासेले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिलाई छोरा हेमराज शर्मा ‘डायमण्ड’ ले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँको परिवारले परम्परागत काज किरिया नगरेर प्रगतिशल ढंगले गरेको थियो । कार्यक्रमका सबै वक्ताहरुले सांस्कृतिक रुपान्तरणका लागि डायमण्डको परिवारले खेलेको भूमिकाको उच्च प्रंशसा गरेका थिए ।

बुवाआमाको स्कृतिमा अक्षय कोष स्थापना
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ ले आफ्ना दिवंगत बुवा र आमो सम्झनामा अक्षय कोष स्थापना गर्नुभएको छ ।
उहाँले आफ्ना बुवा डिल्लीराज पोख्रेल र आमा कुन्तादेवी पोख्रेलको स्मृतिमा सरस्वती माध्यामिक विद्यालय गोवरडिहामा दुई लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ । त्यसैगरी घोराही–१५ स्थित जेष्ट नागरिब खिवम सेवा केन्द्रमा १५ हजार रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ ।
उहाँका बुवा डिल्लीराज पोख्रेलको २०५९ सला माघ २ गते निधन भएको थियो । जनयुद्धमा भूमिगत भएका कारण उहाँले आफ्ना बुवाको दागबत्ति समेत दिन पाउनुभएको थिएन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *