माणिकलाल गौतमको श्रद्धाञ्जलीसभा म बृहत् कम्युनिष्ट एकताको पक्षमा छु ः महरा

गणतन्त्र समाचारदाता
घोराही, ७ मंसिर । निर्वतमान सभामुख कृष्णबहादुर महराले आँफू बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३ औं दिनको पुन्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभालाई संवोधन गर्दै उहाँले आँफू बृहत् कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताउनुभयो । ‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उहाँले भन्नुभयो, ‘म कहाँ रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन, मेरो आर्दश र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो ।

’उहाँले अहिले देश दुई धुब्रमा विभाजित भएको उल्लेख गर्दै बहश र छलफलकै माध्यमबाट नयाँ निष्कर्ष निकाल्न सकिने धारणा व्यक्त गर्नुभयो । नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्र्तराष्ट्रिय शक्ति केन्द्रहरुको हात भएको समेत उहाँले संकेत गर्नुभयो । ‘अहिले भइरहेका घटना नेपालीको काबुभित्र मात्रै छैन,’ महराले भन्नुभयो, ‘देशभन्दा बाहिर धेरै परको डिजाइनबाट यो चलखेल भइहेको छ ।’

अहिले नेकपा विभाजित भइनसकेपनि विभाजनको संघारमा पुगेको उहाँले बताउनुभयो । ‘हामी केही समय विभाजित हुन सक्छौं, तर हामी विभाजित मानसिकतामा रहनुहुँदैन ।’ छलफल र बहशलाई तुषको रुपमा नभएर स्वच्छरुपमा अगाडी लैजानुपर्ने महराको भनाई छ । उहाँले अहिलेको अवस्थामा प्रतिकृयावादीहरुको विरुद्धमा लाग्दै जनताको सेवा गर्नुपर्र्ने धारणा व्यक्त गर्नुभयो । यस्तो अवस्थामा साना कुरामा अल्झन नहुने महराले बताउनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा माणिकलाल गौतमका योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले सच्चा कम्युनिष्टहरु एकता र सहकार्यको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पार्टी सचिव सुवास पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सुजिता शाक्यले गौतमले कम्युनिष्ट आन्दोलनमा पु¥याउनुभएको योगदानको सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य अमर डाँगी, घोराही उपमानगरपालिकाका मेयर नरुलाल चौधरी, नेकपा नेता छविलाल ओली, नेता सुष्मा शर्मा घिमिरे, पुराना कम्युनिष्ट नेता बासुदेव गौतम, छोरा विकास गौतम लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला कार्यालय सदस्य सुरामणी बेल्वासेले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *