विदेशबाट फर्किएर गाउँठाउँमै व्यवसाय

मुना खनाल
घोराही । जिन्दगीको लामो समय विदेशमा बसेर काम गरेका दुई युवाहरुले यतिबेला स्वदेशमै केही गर्न पर्छ भन्ने सोँच राखेर आफूलाई व्यवसायमा होमेका छन् ।

विदेशबाट फर्किनासाथ नारायणप्रसाद गौतम र कृष्णप्रसाद बेलबासेले घोराही–१७ गैरागाउँमा यतिबेला पूर्णपारिवारिक वातावरणमा होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गर्नुभएको छ । घोराही–धारपानी सडक खण्डमा दशवर्षका लागि तीन कठ्ठा जग्गा लिजमा लिएर उहाँहरुले होटल सञ्चालन गर्नु भएको हो । ५० लाखको लागतमा सुरु गरिएको उक्त होटलमा हाल ८ जना व्यक्तिले रोजगारी पाएका छन् ।

विश्वकै ठूलो त्रिशुल धारपानीमा जाने तिर्थयात्रु, पर्यटक र स्थानीय सेवाग्राहीहरुलाई सेवा दिने उद्देश्यले खोलिएको उक्त होटलमा नास्ता, खाना, तन्दुरीका साथै पछिल्लो समयमा खानका लागि चर्चामा रहेको बटई, टर्की, लोकल तथा बधिया, माछालगायतका खानेकुराहरु पनि पाइन्छ ।

होटलमा विवाह, पार्टीका लागि पनि व्यवस्था गरिएको छ । स्वदेशमै केही गर्छु भन्ने उद्देश्यका साथ सुरु गरिएको उक्त होटललाई भोलिका दिनमा बढाउँदै लैजाने उद्देश्य सञ्चालकहरुको छ ।
‘धेरै वर्ष विदेश बसियो, खासै उपलव्धि भएन, अब यही बसेर केही गरौ भन्ने लागेर होटल खोलेका हौं’, सञ्चालक नारायण गौतम भन्नु हुन्छ, ‘सबैको साथ सहयोग पाएमा सेवादेखि कर्मचारीहरु पनि थप्नेछौं ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *