धारामा पानीमा आएसँगै मुहान भेट्न घण्टौ हिड्नु पर्ने बाध्यता हट्यो

गणतन्त्र समाचारदाता
घोराही, ८ मंसिर । धारामा पानीमा आएसँगै मौलाकोटका नागरिकलाई मुहान भेट्न घण्टौ हिड्नु पर्ने बाध्यता हटेको छ । हामी राजमार्ग अनलाईनको टोली तिन महिना पहिले पुग्दा हामीले देखेको दुष्य फरक थियो । निधारमा बरियोसँगै डोको ।

त्यो डोकोमा एउटा गाग्रो र पालिष्टिकको एउटा जर्किनमा भरिएको पनि बोक्दै हुनुहुन्थ्यो घोराही १३ मौलाकोकोटकी रुपिसरा मगर । २ घण्टा पहाडको उकालो बाटो हिडेर ज्यानलाई पुरै पसिनाले भिजाई उहाँ लुथुर्कै भिज्नु भएको थियो ।

त्यत्ति बेला हाम्रो बाध्यता यहि हो भन्ने रुपीसर अहिले गाउँमा पुनः पानीका धारमा पानी आउन थाले पनि अफूलाई निकै सहज भएको महशुस सुनाउनु हुन्छ ।

हामीले बर्षौदेखी मोटर चलाएर पम्प, लिष्टिङ मार्फत यहाँ ल्याईएको पानी पिउदै आएका थियो विचमा केही समय ति सम्राग्रीहरु पुरानो भएका कारण बन्द थियो अहिले घोराही १३ को वडा कार्यालय र घोराही खानेपानी तथा सरसफाई संस्थाको सहकार्यमा सबै सामाग्री नयाँ जोडिएसँगै अहिले यहाँका सबै धारमा पानी आएको छ ।

जसले गर्दा हामीर्लाइ अहिले पानीको समस्या हटेको छ, मौलाकोट टोल विकास संस्थाका अध्यक्ष गंगा थापाले बताउनु भयो ।
दाङ एउटा सुन्दर पर्यटकिय स्थलका रुपमा चिनिएको मैलाकोटका नागरिक विकासको प्रखाईमा रहेका छन् । त्यहा विद्युत र बाटोको अझै सहज ब्यवस्था भने हुन सकेको छैन् ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *