व्यवसायिक एभोकाडो खेतीमा सन्तुष्टि भेट्दै दाङका रोका

गणतन्त्र समाचारदाता
घोराही, ८ मंसिर । स्वास्थ्य र वातावरणिय दुष्टिकोणबाट हेर्दा निकै फाईदाजनक मानिने एभोकाडोको ब्यवसायीक खेती दाङमा हुदै आएको छ ।
दाङका ठाकुर रोका एभोकाडो फलको उत्पादनमै सन्तुष्टि भेट्न सफल हुनु भएको छ । पछिल्लो समय राजनिति गर्ने ब्यक्तिहरु पनि कृषि पेशामा जोडिने क्रम बढ्दै गएको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टिका केन्द्रिय उपाध्यक्ष रहनु भएका दाङका ठाकुर रोकाले राजनितिसँगै एभोकाडो फलको उत्पादनलाई अघि बढाउनु भएको छ ।

केन्द्रिय उपाध्यक्ष दाङका ठाकुर रोका अहिले राजनितिसँगै एभोकाडो फलको उत्पादनमा ब्यस्त हुनुहुन्छ । रोकाले घोराही ११ बाँसगझेरीमा एभोकाडो फल खेती गर्दै मनग्य आम्दानी गर्दै आउनु भएको छ । विद्यार्थी जिवनदेखी नै कृषि पेशा प्रति रुचि राख्ने रोकाले एभोकाडोको ब्यवसायिक खेतीबाट सफलता भेट्नु भएको छ । उहाँले भन्नुभयो,–‘म सानैदेखी टमाटर लगाएतका कृषि कर्ममा ब्यस्त हुदै आफ्नो खर्च आफै उठाउने गर्थिए ।

अहिले आएर एभोकाडो व्यवसायीक खेतीबाट राम्रो सफलता भेटेको छु । मैले अहिले एभोकाडो खेतीलाई १ विगा जमिनमा फैलाएको छु । दाङमा मैले सिजनमा ४,५ सय रुपैया प्रति किलोग्राम बिक्री गरेको हु ।

तर अफ सिजनमा डाक्टरले क्यानसरका विरामीहरुलाई खान भनेर सुझाव दिदा हामीले उहाँहरुले काठमान्डुको सुपरमार्केटहरुमा २५ सय देखी ३ हजार रुपैया केजिसम्म पनि किन्नु भएको छ, रोकाले भन्नु भयो ।
४ वटा एभोकाडोको विरुवावाट सुरु गरेको व्यवसाय अहिले १ विगा जमिनमा पुराउनु भएको छ ।

यसबाट हुने आम्दानीबाट समेत रोका सन्तुष्ट हुनुहुन्छ । रोका अहिले पार्टिका विभिन्न क्रियाकलापसँगै एभोकाडोकै खेतीमा ब्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ,–‘ मानिस राजनितिक प्राणी भएकाले र मेरो अध्ययन पनि पोलिटिकल साईन्सबाट डिग्री गरेकाले राजनितिसँगै व्यवसायलाई अघि बढाई रहेको छु, उहाँले भन्नु भयो । ब्यवसाय गरेरै पनि राजनिति गर्न सकिन्छ भनेर आफु एभोकाडोको व्यवसायीक खेतीतर्फ आक्रषित भएको उहाँ बताउनु हुन्छ ।
नेपालको पूर्व क्षेत्रमा एभोकाडो व्यवसायीक रुपमा शुरु भएपनि पश्चिमी क्षेत्रमा भने विस्तारै हुन थालेको छ । पार्टिका विभिन्न मेटिङदेखी लिएर खाल्डो खनेर एभोकाडो रोप्ने, त्यसलाई पानी चार्ने, बोटलाई कलमी बनाउने जस्ता काममा ब्यस्त भएरै उहाँको दैनिकी बित्छ । एभोकाडोले क्यानसर जस्ता जटिल रोगका लागी पनी ओखतीको रुपमा काम गर्ने गरेको छ ।

स्वास्थ्य र आर्थिक सम्पन्तासँगै एभोकाडो खेतीले वातावरणलाई पनि निकै फाईदा पुराउने ठाकुर रोका बताउनु हुन्छ । विदेशमा प्रु्रmड अफ किंग भनिन्छ नेपालमा पनी अमृत फलका रुपमा धैरैले चिन्ने गर्छन् भने एभोकाडो बहुगुणी फल भएको रोका बताउनु हुन्छ । राजनितीसँगै आर्थिक सम्पन्ताका कृषि पेशामा जोडिएर दाङ ठाकुर रोका उदाहरणिय पत्र बन्नु भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *