दङ्गिशरणमा जेष्ठ नागरिक दिवा घर सिलान्यास

दिप्तिशिखा चौधरि
दङ्गिशरण, ८पुस । दङ्गिशरण गाउँपालिका वडा न.४ मा जेष्ठ नागरिक दिवा घर सिलान्यास कार्यक्रम आज मङ्गलबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भागिराम चौधरी,उपाध्यक्ष पिमा कुमारी खड्का,वडा अध्यक्ष नेव बहादुर कवँरले सयुंक्त रुपमा दिवा घरको सिलान्यास गर्नुभएको हो ।

िसलान्यास कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरिले जेष्ठ नागरिकहरुको सम्मान स्वरुप गाउँ पालिकाले जेष्ठ नागरिकहरुका लागि दिवा घर निर्माण कार्यक्रमलाई अगाडि बढाएको बताए ।

गाउँपालिकाले जेष्ठ नागरिकहरुको सम्मान स्वरुप हरेक बर्ष बिबिध कार्यक्रम गर्दै आएको बताए । हामी उहाँहरुको माग बमोजिम नै काम गर्दै आएको जनाए । सो अवसरमा उपाध्यक्ष पिमा कुमारि खड्काले समय सापेक्ष नै जेष्ठ नागरिकहरुको समस्या लाई समाधान गर्दै आएको बताइन ।
गाउँपालिकाले जेष्ठ नागरिकहरुको मागलाई विषेश रुपमा लिने गरेको बताइन । गाउँ पालिकाको ५ लाखको लागतमा उक्त दिवा घर निर्माण हुन लागेको हो ।जेष्ठ नागरिकका अध्यक्ष टीका बहादुर डाङ्गिको अध्यक्षतामा भएको सिलान्यास कार्यक्रमको शहजिकरण महिला बालबालिका शाखा प्रमुख चन्द्रा वलीले गरेकि थिइन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *