सिमाक्षेत्रमा बसोबास गर्ने नाकाबासी भन्छन् ‘हामीलाई थाहा हुनुप¥यो हाम्रो भुमि कहाँदेखि सुरु हुन्छ ?’

शिवु खनाल
भैसाहीँनाका, ९ मंसिर । भारतसंग जोडिएको दाङको भैसाहीँनाकाको पूर्वतर्फ रहेको चुरे पहाडमा छसय ७२ नम्बरको सिमा स्तम्भ छ । भैसाहीँनाका देखि पश्चिम सानिमनौरा नाकामा छसय ७३ नम्बर सिमा स्ताम्भ रहेको छ । दाङको अधिकांश सिमा क्षेत्रमा सरदर दुई किलोमिटरको फरकमा सिमा स्तम्भ राखिएको हो । सिमा स्तम्भको आधारमा नेपाली भुमि तर्फ सिधा हेर्ने हो भने नेपाली भुमिमा रहेको अधिकांश नेपाली बस्ती भारत तर्फ जान्छ, राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी तिलक क्षेत्रीले भन्नुभयो, ।

‘नेपालको दशगजा नै अन्योलमा छ । ठ्याक्कै हाम्रो भुमि कहाँसम्म हो भन्ने समेत थाहा छैन । भारतले आफ्नो तरिकाले निर्धारण गरेर दशगजा बनाएको छ । बेलाबेलामा भारतीय एस.एस.बिले तिमिहरूले प्रयोग गरेको भुमि पनि भारतको हो भनेर दबाद दिदै आइरहेको छ ।’

यता नेपाल भारत सिमा क्षेत्र नजिकै स्थानीय गोपाल खड्का घर पर्छ । घरदेखि करिब दशमिटर तल बाख्राको गोठ रहेको छ । गोठको छेवैमा रहेको बार हटाउन पटकपटक भारतीय एस.एस.बिले दबाब दिदै आइरहेको उहाँले भन्नुभयो । ‘लकडाउनको बेला हो । खेतीयोग्य जमिन जोगाउनको लागि लगाइएको बार हटाउन भारतीय एस.एस.बिले दबाब दिदै आइरहेको छ ।

हामीले जोतभोग गर्दै आइरहेको नेपाली भुमिमा खेतीपाती गर्न छाडेका छौँ, खड्काले भन्नुभयो, । ‘भारतीय एस.एस.बिको पटकपटक दबाबपछि र भारतले नापि टोलि लिएर आफ्नो भुमि छुट्याएपछि हामीले आफ्नै नेपाली भुमिमा जोतभोग गर्न छाड्न लगाइएको हो ।’ ‘नेपालबाट पनि हाम्रो भुमि नाप्ने टोली आयो भने उक्त भुमिमा तारबार गरि प्रयोग गर्ने भनेका छौँ ।’

यता स्थानीय टंक विकका अनुसार सिमा स्तम्भको आधारमा हेर्ने हो भने भैसाहीँनाका र खिट्किनाकामा बसोबास गर्दै आइरहेको नेपाली भुमि सबै भारतमा पर्ने जानकारी दिनुभयो । खिट्किनाकामा पन्ू घरधुरी संख्या रहेको छ । पन्ू घरमध्य आठघर भारतमा पर्ने स्थानीयले विकले बताउनुभयो । उहाँले भन्नुभयो, । ‘पहाडमा सिमा स्तम्भ छ तराईमा हामी नाकाबासीहरुको बसोबास रहेको छ ।

’ यस्तै सिमा स्तम्भको आधारमा नेपाली भुमि निर्धारण गर्ने हो भने भैसाहीँनाकामा रहेको पाँच घरधुरीको संख्या भारत तर्फ पर्ने स्थानीय पूर्णबहादुर रोकाले बताउनुभयो ।
भारतसँग जोडिएको दाङको चौतिसवटा सिमा क्षेत्रमा रहेको सिमा स्तम्भको आधारमा भुमि निर्धारण गर्ने हो भने अधिकांश नेपाली भुमि भारत तर्फ गाभिने सिमा क्षेत्रमा बसोबास गर्ने स्थानीयको भनाइ छ । यस्तै स्थानीय तिलक क्षेत्रीले नापि टोलिले नेपाली भुमि नापेर हाम्रो भुमि यहाँ सम्म पर्छ भनेर भुमि तोक्दिएको भए राम्रो हुनेथियो भन्नुभयो ।

‘हाम्रो नेपाली भुमि निर्धारण गरिदिए नेपाल भारत सिमा क्षेत्रमा काडे तारबार गर्ने योजना छ । नेपाली भुमि निर्धारण नगर्दा हामीले सिमा क्षेत्रमा काडे तारबार गर्न नसकेको र नेपाली भुमि भारतले मिच्दै आएको खत्रीको भनाइ रहेको छ । ‘भोलिका दिन हामीले प्रयोग गर्दै आउको भुमि भारतको भुमि प¥यो भने लगाइएको तारबार उखेलेर फाल्छ । एउटामात्र काठको डोसो गाढ्नु पर्छ भारतिय एस.एस.बि कराउन आइहाल्छ । बस्ति तराईमा सिमा स्तम्भ चुरे पहाडमा छ । तराईको भुमि कुनै पनि छाडेको छैन । सिमा स्तम्भ तलमाथि छ ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *