द किंगको सफलताको प्रथम वर्ष पुरा

गणतन्त्र समाचारदाता
घोराही, १० पुस । विगत १ वर्षदेखी घोराही उपमहानगरपालिका १५ बाट सञ्चालनमा आएको द किंग लंगले सफलताको पहिलो वर्ष पुरा गरेको छ । गतवर्ष २०७६ पुुस ९ गतेबाट सञ्चालनमा आएको द किंगले आफ्नो पहिलो वर्ष यस क्षेत्रमा निकै सफलता हासिल गर्दै पुरा गरेको छ ।

द किंगले पुर्ण पारिवारिक वातावरणमा, सरसफाई, गुणस्तरिय परिकार, मनोरञ्जन र म्युजिक लाईभको सेवा प्रदान गर्दै आईरहेको छ ।

ठिक आजभन्दा १ वर्ष पहिले ६३ लाखको लगानीमा सञ्चालनमा आएको द किंग लंगले यस क्षेत्रका सेवाग्राही, प्रसाशन, मिडियाकर्मीलगाएत सबैको साथ र मायाले यो सफलता हासिल गर्न सफल भएको बताउनु हन्छ सञ्चालक दुई रामसिह रोका र हुकुमा रोकाले बताउनु भयो ।

अर्कोतर्फ सेवाग्राहीको सन्तुष्टिलाई पनि आफुहरुले पहिलो प्राथमिकतामा राखेकै कारण हामी सफल भएका हौँ ।

हामी द किंग लंगलाई जतिसक्यो गुणस्तरिय बनाउनेतर्फ केन्द्रित छौ, सञ्चालक दुई रोकाले बताउनु भयो । हाम्रो सफलताको प्रमुख आधार सेवाग्राही भएकाले हामी सेवाग्राहीको सन्तुष्टिलाई सधै पहिलो प्राथमिकतामा राख्छौ भने उँहाहरुबाट हामीले पाएको साथ र सहयोगको पनि सधै यस्तै अपेक्षा गर्छौ ।

द किंग लंगले सामाजिक उत्तरदायित्तलाई पनि ध्यान दिने गरेको छ । आज पहिलो स्थापना दिवसको अवसरमा मानव सेवा समाजमा आर्थिक सहयोग गरेको छ । दाङमा सञ्चालनमा रहेका अरु भन्दा फरक तरिकाले दैनिक म्युजिक लाईभ गर्दै आएको द किंगले आज आफ्नो पहिलो स्थापना दिवस मनाई रहेको छ ।

दाङमा हप्ताको सातै दिन म्युजिक लाईभ हुने द किंग लंग एक मात्र हो ।
प्रत्येक दिन साझ ६ बजेदेखी साढे ८ बजे सम्म म्युजिक लाईभ हुने द किंगमा आज स्थापना दिवसका अवसरमा भने दिउसो बाटै साझसम्म मुजिक लाईभ हुने सञ्चालक रोकाले बताउनु भयो ।

यस्तै आज स्थापना दिवसको अवसरमा द किंगको मेन्युमा रहेको मुल्यमा १० प्रतिशत छुटको व्यवस्था गरिएको पनि होटल सञ्चालक रामसिंह रोकाले जानकारी दिनुभयो । द किंग लंगमा म्युजिक लाईभको रोनौकतामा रम्दै नाच्न पाउने व्यवस्था पनि रहेको छ ।

लुम्विनी प्रदेशको स्थाई राजधानी दाङ भैसकेपछि कोरोना कहर सामान्य बन्दै गयो भने त्यो माहोललाई बुझेर द किंगको हललाई पनि विस्तार गर्ने योजनामा रहेको जनाईएको छ । द किंग लंग मार्फत् अहिले ११ जना जनशक्तिले रोजगार पाएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *