उद्योग वाणीज्य संघमा भुसाललाई नेतृत्वमा पठाउने नेकपाको तयारी

गणतन्त्र समाचारदाता
दाङ, पुस १० । नेपाल कम्युनिष्ट पार्टी नेकपाले दाङ जिल्ला उद्योग वाणिज्य संघमा वर्तमान अध्यक्ष नारायण भुसाललाई अध्यक्षका रुपमा अगाडि सार्ने भएको छ । पार्टीका उद्योग विभाग प्रमुख गेहेन्द्र बस्नेतले पार्टीको तर्फबाट भुसाललाई नेतृत्वमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको संघमा सहमतिको आधारमा नेतृत्व टुंगो लगाउनुपर्ने पार्टीको धारणा रहेको भन्दै बस्नेतले अन्य पार्टीहरुसँग वार्ता र संवाद अगाडि बढाइएको बताउनुभयो ।

‘दाङ जिल्ला उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृत्व गर्दै वर्तमान अध्यक्ष नारायण भुसाललाई पठाउने तयारी गरिरहेका छौं’, उद्योग विभाग प्रमुख बस्नेतले भन्नुभयो, ‘साझा संस्थामा सर्वसहमतिमा नेतृत्व चयन गर्ने हाम्रो प्रयास रहनेछ ।

सहमति नभए भुसालकै नेतृत्वमा व्यवसायी साथीहरुलाई पठाउनेछौं ।’
यता अध्यक्ष भुसालले व्यवसायीहरुको मागका आधारमा आफ्नो उम्मेदवारी रहने बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *