अग्नी पिडित परिवारलाई सहयोग

गणतन्त्र समाचारदाता
तुलसीपुर, १०पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ फूलबारीका अग्नी पिडित एक परिवारलाई सहयोग प्रदान गरिएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले पढाउदै आएकी तिर्सना वली श्रेष्ठको घरमा आगलागी भएपछि उसैले लत्ताकपडा एवं खाद्यान्न सहयोग गरेको हो ।
केन्द्रका पदाधिकारी पीडितको घरमै पुगेर ३० हजार बराबरको सिरक÷डसना लगायत लत्ता कपडा एवं खाद्यान्य सहयोग गरेको नेपाल महिला सामुदायिक सेवाका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले जानकारी दिनुभयो । श्रेष्ठको मंसिर ८ गते भएको आगलागीबाट घर एवं घरमा भएका सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएको थियो । केन्द्रका अध्यक्ष कल्पना न्यौपाने, सचिव शीवा योगी लगायतको टोली राहात लगेर फूलबारी पुगेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *