घोराहीमा सुकुम्बासीलाई भूमी व्यवस्थापन शुरु सात महिना भित्र भूमिहिनको हातमा लालपुर्जा

पाण्डव शर्मा
घोराही, १७ पुस । घोराही उपमहानगरपालिकाले सुकुम्बासीहरुलाई भूमि व्यवस्थापन गर्न थालेको छ ।
भूमि समस्या समाधान आयोगको समन्वयमा उपमहानगरपालिकाले सुकुम्बासीहरुलाई भूमि व्यवस्थापन गर्न शुरु गरेको हो । काम शुरु भएको सात महिना भित्र भूमि व्यवस्थापनको काम पूरा हुने उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार भूमिहीन दलित, भूमिहीन सुकम्बासी, र अव्यवस्थित बसोबासको लगत संकलन, पहिचान र पुर्जा बितरण गरिने छ ।

जो जहाँ बसेको छ त्यहीँ व्यवस्थापन गर्ने तयारी भएको चौधरीले जानकारी दिनुभयो । खोलाको किनारमा जोखिमा बसेका बस्ति तथा सडकको क्षेत्राधिकार भित्र अतिक्रमण गरेर बसेकाहरुलाई भने वैकल्पिक व्यवस्था गरिने छ ।

वास्तविक सुकुम्बासी पहिचान गरेर मात्र उनीहरुलाई लालपुर्जा बितरण गरिने चौधरीले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाले यस अघि नै भूमिहिनहरुको प्रारम्भिक तथ्यांक निकालिसकेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार घोराहीमा करीब १२ हजार परिवार सुकुम्बासीहरु रहेका छन् । यसमध्ये २ हजार ४ सय ६७ दलित भूमिहीन, ४ हजार ५९ सुकुम्बासी भूमिहीन र ६ हजार ६३ परिवार अव्यवस्थित बसोबास गरिरहेको शर्माले जानकारी दिनुभयो ।

यस पटकको भूमि व्यवस्थापन आयोग अन्तिम पटकका लागि भनेर गठन भएको मेयर चौधरीले बताउनुभयो । यो आयोगले नेपालमा सबै खाले भूमि समस्याको पूर्ण समाधान गर्ने उहाँले जानकारी दिनुभयो । घोराहीमा अबको सात महिना भित्र भूमिहीन र अव्यवस्थित बसोबासको समस्या पूर्णरुपमा अन्त्य हुने चौधरीले बताउनुभयो ।

आँफूले गत निर्वाचनमा घोषणापत्रमै भूमिहिनको समस्या समाधान पहिलो प्राथमिकता भनेर प्रतिबद्धता जारी गरेको उल्लेख गर्दे आँफूले वाचा पूरा गरि छाड्ने बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *