बिरामीलाई फलफूल वितरण

गणतन्त्र समाचारदाता
देउखुरी, पुस १७ । दाङवाट प्रकाशित हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १४ औँ वार्षिकत्सवका अवसरमा लमही शाखाले लमही अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ ।

गणतन्त्र राष्ट्रिय दैनिक लमही शाखाका प्रमुख शिबु खनालको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष एव्म लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीको प्रमुख आतिथ्यतामा बिरामीलाई सुन्तला, केरा, स्याउ वितरण गरिएको हो ।

फलफुल वितरण गर्दै प्रमुख अतिथि केसीले अन्यायमा परेका, उत्पीडित वर्ग, गरिब निमुखाको पक्षमा रहेर कलम चलाउन सकोस भन्दै सुभकामना दिनु भएको थियो । त्यस्तै लमही अस्पतालका निमित्त प्रमुख केशब भट्टराईले अस्पताल सम्म आएर बिरामीलाई फलफुल उपलब्ध गराएकोमा गणतन्त्र राष्ट्रिय दैनिक परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको संचालन पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए । १४ औँ वार्षिकत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकत्सव मनाइने भएको छ ।

यस्तै दाङवाट प्रकाशित हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १४ औँ वार्षिकत्सवका अवसरमा शनिवार विहान आठ बजे घोराहीको होटल मालाइनमा बृहत कार्यक्रमको आयोजना गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *