समाजमा विशिष्ट योगदान पु¥याउने दुई दर्जन बढीलाई सम्मान

गणतन्त्र समाचारदाता
घोराही, १९ पुस । गणतन्त्र राष्ट्रिय दैनिकले समाजमा विशिष्ट योगदान पु¥याउनु भएका विभिन्न व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान गरेको छ ।
पत्रिकाको १४ औं वार्षिकोत्सब समारोहको अबसरमा शुक्रबार उहाँहरुलाई सम्मान प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र पत्रिकाका प्रकाशक÷सम्पादक सविन प्रियासनले संयुक्तरुपमा प्रमाणपत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो ।
पत्रिकाले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई विशेष सम्मान गरेको छ । घोराहीलाई जिल्लामा उत्कृष्ट स्थानीय तहको रुपमा स्थापित गर्न सफल हुनुभएको चौधरीलाई विशेष सम्मान गरिएको हो ।
त्यसैगरी दांगका प्रहरी प्रमुख गणेश चन्द, दांग जिल्ला उद्योग वाणिज्य संघ, मञ्जु वज्राचार्य अध्यक्ष घोराही चेम्बर अफ कमर्श, त्रिभुवन नगर जेसिज, दाङ महिला जेसिज, श्री लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. घोराही, र नेपाल सञ्जीवनी इन्स्च्यिूट अफ हेल्थ साइन्स प्रा.लि. घोराहीलाई विशेष सम्मान गरेको छ ।
त्यसैगरी स्वर्गीय लक्षिण प्रसाद बुढामगर र स्वर्गीय विष्णु बुढा मगरको स्मृतिमा लालमती बुढामगर, भानसिंह बुढामगर, साजन बुढामगर, इश्वर बुढा मगरले यस गणतन्त्र राष्टिय दैनिकमा लक्षिण विष्णु बुढामगर पत्रकारिता पुरस्कार स्थापना गर्नुभएकोमा यहाँहरुको उच्च कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको छ ।
कार्यक्रममा द किंग लाउन्ज घोराही दांगका हुकुमा रोका र रामसिंह रोका, हिमानी डिसी र अनु क्षेत्री किट्ली टि टाउन घोराही, शोकबहादुर रोका महासचिव दाङ निर्माण व्यवसायी संघ, प्रकाश विश्वकर्मा पिके निर्माण सेवा, वालकुमार घर्ति मगर अध्यक्ष यूनाइटेड साइन्टिफिक एण्ड सर्जिकल हाउस प्रा.लि. घोराही, राजिमन बुढा मगर सञ्चालक अनटाइम मेडटेक प्रा.लि. घोराही दाङ, दुर्लभ केसी सञ्चालक श्री वराहाक्षेत्र व्यापार सेवा प्रा.लि. घोराही दाङ, मनोहर बुढाथोकी युवा नेता, गेहेन्द्र बस्नेत युवा नेता
, केशरमान बुढाथोकी सहायक क्याम्पस प्रमुख शहीद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराही दांग र कृष्ण घर्ति सञ्चालक त्रिशक्ती विल्डर्स एण्ड सप्लायर्स, घोराहीलाई विशेष सम्मान गरिएको छ ।
त्यसैगरी गरिमा चौधरी कुमारी बैंक शाखा कार्यालय हापुर, सुविसु केवल नेट प्रा.लि. शाखा कार्यालय घोराही, वर्डलिंक कम्युनिकेशन प्रा.लि., विएन फुड प्रोडक्ट (कोशेली वेकरी मेनरोड घोराही दाङ), रजिव उल्लाह खान सञ्चालन श्रीनगर स्टोर र शिवराज जिसी सञ्चालन इलेक्ट्रो वलर्डलाई विशेष सम्मान गरिएको छ ।
सो अवसरमा लक्षिन÷विष्णु बुढामगर पत्रकारिता पुरस्कारबाट रेडियो मध्यपश्चिमका सम्पादक निमुसंगम घर्तिलाई पुरस्कृति गरिएको छ ।
त्यसैगरी पत्रिकाका सह–सम्पादक दीपक जिएम, गणतन्त्र अनलाइनका कार्यकारी सम्पादक शैलेश अधिकारी र पत्रिकाका व्यवस्थापक सुनिता चौधरीलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले गणतन्त्र दैनिक पत्रिका यस क्षेत्रकै लोकप्रिया पत्रिका भएको उल्लेख गर्दै यसले यसक्षेत्रको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रको विकासका विशिष्ट योगदान पु¥याउन सफल भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले पत्रिकाको आगामी यात्रा उज्ज्व रहेको समेत बताउनुभयो ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले पत्रिकाले निष्पक्षतामा ध्यान दिएको बताउनुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले यस क्षेत्रको आर्थिक विकासमा गणतन्त्र दैनिकले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रमको सञ्चालन पत्रिकाका कार्यकारी सम्पादक पाण्डव शर्माले गर्नुभएको थियो ।
बक्स
लछिन÷विष्णु बुढामगर पत्रकारिता पुरस्कार घर्तिलाई
घोराही, १७ पुस । गणतन्त्र राष्ट्रिय दैनिकले लछिन÷विष्णु बुढामगर पत्रकारिता पुरस्कार रेडियो मध्यपश्चिमका सम्पादक निमुसंगम घर्तिलाई प्रदान गरेको छ ।
पत्रिकाको १४ औं वार्षिकोत्सब समारोहको अवसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र पत्रिकाका प्रकाशक÷सम्पादक सविन प्रियासनले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नं १६ का तत्कालिन वडा अध्यक्ष लक्षिन बुढा मगरको स्मृतिमा उहाँका परिवारले स्थापना गर्नुभएको उक्त पुरस्कार घर्तिलाई प्रदान गरिएको हो । स्वर्गीय लक्षिण प्रसाद बुढामगर र स्वर्गीय विष्णु बुढा मगरको स्मृतिमा लालमती बुढामगर, भानसिंह बुढामगर, साजन बुढामगर, इश्वर बुढा मगरले यस गणतन्त्र राष्टिय दैनिकमा लछिन÷ विष्णु बुढामगर पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको थियो । कार्यक्रममा पुरस्कार संस्थापकहरुलाई पनि विशेष सम्मान गरिएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *