स्यामफोनी मोवाईल दाङमा लन्चिङ

गणतन्त्र समाचारदाता
घोराही, १९ पुस । स्यामफोनी मोवाईलको दाङमा लन्चिङ भएको छ । आज घोराहीमा एक कार्यक्रम गरी स्यामफोनी मोवाईलको लन्च गरिएको हो । दाङको आधिकारिक विक्रेता तुलसीराम शर्माको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको नवनिर्वाचित सहकोषाध्यक्ष राजभक्त राणाको प्रमुख आतिथ्यता एवं दाङ मोवाईल व्यवसायी संघका अध्यक्ष दिपक पाण्डेको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरि स्यामफोनी मोवाईलको लन्चिङ गरिएको हो ।

स्यामफोनीका श्ज्ञड, श्द्दड र श्घण् गरी तिन प्रकारका मोवाईलहरु लन्च गरिएको हो । यो मोवाईलमा मोवाईल सेट, चार्जर र ब्याट्रिामा एक वर्षको वारिन्टि भएको दाङको आधिकारिक विक्रेता तुलसीराम शर्माले जानकारी दिनुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी राणाले आजको युगमा सर्भशुलभ मुल्यमा पाईने र सबै विशेषताले उत्कृष्ट मानिएको स्यामफोनीले राम्रो सफलता भन्दै सफलताको शुभकामना दिनुभएको हो । दाङ डिल्लर एशोसियनका सचिव शिवराज जिसीको स्वागत मन्तव्यबाट कार्यक्रमको सुरु गरिएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *