जंगली बदेलको आक्रमणबाट दाङमा चारजना गम्भीर घाइते

शिवु खनाल
दाङ, १९ पुस । जंगली बनेलको आक्रमणबाट दाङमा चारजना गम्भीर घाइते भएका छन् । शनिवार विहान दशबजे दाउरा काट्न भनी घर देखि नजिकैको बकेन सामुदायिक वनमा आठजना गएका थिए । जसमध्ये चारजनालाई दाउरा काट्ने क्रममा जंगली बदेलले आक्रमण गरेको प्रत्येक्षदर्सि विनिता चौधरीले जानकारी दिनुभयो ।
घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँ निवासी ४० वर्षिय हिरादेवि चौधरी, २ नम्बर वडा डोढई निवासी ८ वर्षिय शिरीष गिरी, सोहि ठाउँ निवासी ५५ वर्षिय धनिया चौधरी रहनु भएको छ । एकजनाको नाम ठेगाना खुल्न सकेको छैन ।
घाइतेहरूको खुट्टामा, गम्भीर चोट लागेको छ । घाइते मध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *