अटोलाई मोटरसाइकलले ठक्कर दिदा दाङमा एक जनाको मृत्यु

गणतन्त्र समाचारदाता
दाङ, २० पुस । दाङको तुलसीपुरमा मोटरसाइकलले अटोलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।मृत्यु हुनेमा अटो चालक वडा नम्बर ४ रक्षाचौर निवासी वर्ष २३ का मदन वली रहेको प्रहरीले बताएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

सात्तालेबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह २५६७ नम्बरको अटोलाई सोहि दिशाबाट आउँदै गरेको रा ६ प ४९०२ नम्बरको मोटरसाइकलले बिहान साढे ११ बजे लाहुरेचौर भन्ने ठाउँमा ठक्कर दिँदा अटोमा सवार रक्षाचौर बस्ने वर्ष २२ का केसब केसी, शान्तिनगर गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष १६ की रेखा बस्नेत, बाँकेको राप्ती गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष १७ कि एन्जिला शाहि, मोटरसाइकल चालक सल्यान बागचौर नगरपालिका वडा नम्बर १ थारमारे बस्ने वर्ष १९ का प्रदिप चलाउने र सोहि मोटरसाइकलमा सवार सोहि ठाँउका वर्ष १७ का राजेस बस्नेत रहेका छन् ।अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *