सडक पेटिकै भरमा गुजार चलाउनेको पीडा कसले बुझ्ने ?

गणतन्त्र समाचारदाता
घोराही, २० पुस । मानिस अफ्नो दैनिकी चलाउन विभिन्न पेशा र व्यवसायमा आवद्ध हुन्छन् । यस्तै घोराहीमा केही महिलाहरु सडक पेटिमै बसेर तरकारी तथा सुन्तला विक्री गर्दै आफ्नो गुजारा चलाउदै आएका छन् । घोराही उपमहानगरअन्तरगतको नगरप्रहरीले सडक पेटिका ति व्यवसायीहरुलाई उठाउदै आएको छ ।

घोराहीको सहिद गेट, बैकरोडमा नेपाल बैंकको अगाडी र पछाडी लगाएतका विभिन्न ठाउमा सडक छेउमा तरकारी विक्री गर्दै आएका महिलाहरुलाई उठाउने गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारकी इन्द्रा वस्नेत दिनभरी भएको सुन्तला विक्रीबाट घरको आर्थिक पार्जनमा सहयोग पुग्ने गरेको बताउनु हुन्छ । जागीर गर्न जानलाई पाढाई लेखाई छैन्, लेवर काम गर्दा शरिरलाई बाधा हुन्छ । त्यसैले गाउँगाउँ पुगेर तरकारी तथा सुन्तलाहरु लिएर विक्री गर्न थालेको हु ।

यहि पनि नगर प्रहरीले देख्न सकेन हामीलाई यहि गरेर दैनिकी चलाउन केही सहज भएको छ तर यहाँको स्थानिय सरकार, प्रहरी, प्रशासन हामीलाई उठाउनै लागी परेको छ, उहाँले भन्नु भयो ।
उत्पादन अन्य क्षेत्रमा भएपनि जिल्लाका महिला दिदी वहिनीहरुले खरिद गरेर विक्रि वितरण गर्दै आएका छन् । सिजनमा गरिएको व्यवसायले घरमा आईपर्ने विभिन्न समस्याहरुलाई टार्नको लागि सहयोग पु¥याएको उनिहरुको भनाई छ । महिलाहरुले सल्यान, रोल्पा लगाएतका जिल्लाहरुमा उत्पादन भएका सुन्तलाहरुलाई विक्रि वितरण गर्दै आएका छन् । तरकारीहरु पनि ग्रामिण क्षेत्रहरुबाट खरिद गरेर ल्याई घोराही बजारमा बिक्रि गर्दै आएका छन् ।

यस्तै घोराही १९ सैघाका कल्पना नेपाली भन्नुहुन्छ, सडक पेटीमा हुने व्यापार व्यवसायमा केहि असहज भएपनि घरको आर्थिक समस्या समाधान गर्न सहज हुने गरेको छ । हाम्रो इलम भनेको यही छ अहिले त्यसैले यसलाई उठाउने र हामीलाई विस्थापित गर्ने भन्दा पनि सम्वन्धित निकायहरुले हामीलाई प्रभावकारी व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी देखिन्छ, उहाँले भन्नु भयो ।

अघिल्ला वर्षहरु जस्तै अहिले पनि डोकोहरुमा बोकेर महिलाहरुले सुन्तला, बदाम तथा तरुलहरुको बजारमा व्यापार व्यवासाय गर्दै आएका छन् । आफनै घरमा फलेको तरुल लिएर दुई, चार पैशा हुने भन्दै बजार सम्म विक्रीका लागि लिएर आएको सिता विक बताउनु हुन्छ । श्रमको सम्मान र व्यवसाय गर्ने सोचको उचित व्यवस्थापन गर्न सरकारको मात्रै हैन हरेक नागरिकले यसको सहजिकरण गर्नुपर्छ । त्यसैले स्थानिय सरकार मातहतको नगरप्रहरीले उनिहरुलाई विस्थापित गराउने भन्दा पनि सही व्यवस्थापनका लागी कदम चाल्न जरुरी देखिन्छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *