कोइलाबास नाकाबाट गोरू सहित तीनजना भारतीय नागरिक पक्राउ

शिवु खनाल
कोइलाबास, २० पुस । गोरु तस्करीमा सम्लग्न भएको भन्दै प्रहरीले गएराती तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल भारत सिमानका कोईलाबास देखि पूर्व तर्फको दुर्गा सामुदायिक वनमा पर्ने अन्तरखाल खोला नजिकैबाट कोइलाबास प्रहरी चौकीका इन्चार्ज नन्दराम केसीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बलरामपुर जिल्लाको टहराका स्थानीय वर्ष ४२ का सुल्तान बन्जाडे, वर्ष २९ का रतिक बन्जाडे र वर्ष ४१ का अब्दुल अलि रहेका छन् । शनिबार राती करिब ८ बजेको समयमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको सुचनाका आधारमा कोइलाबास प्रहरी चौकी बाट गएको प्रहरी टोलीले ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

नेपाल ल्याउदै गरेका करिब ५० देखि ६० वटाको संख्यामा रहेका गोरुहरुलाई भारत तर्फै फर्काएको र नागरिकलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय गढवा ल्याईएको प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको बारेमा अनुशन्धान भैरहेको प्रहरीको भनाई छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *