प्रदेश नं. १ ले चुम्यो ‘प्रम कप’ मैदानमा लाइटको व्यवस्था गरि रात्रीकालीन खेल खेलाउँछाँै ः सदस्य सिलवाल

शिवु खनाल
दाङ, २० पुस । दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला राष्टिूय क्रिक्रेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ । आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो । खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित हुन् पुगेपछि प्रदेश १ लाई उपाधि उचाल्न प्रयाप्त बन्यो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् । भने करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन् ।

यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा जितको नजिक पुगेर एपीएफ निराश हुन् पुग्यो । बलिङ तर्फ प्रदेश १ कालागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २÷२ विकेट लिए । भने संगिता राईले १ विकेट लिइन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

टिमले बलियो योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटरद्वय अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले सानदार सुरुवात दिलाएका थिए । यी दुई ब्याटरबीच ५८ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो । १२.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी रुविनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गरेकी थिइन् ।
रुविना आउट भएपछि अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट हुन् पुगिन् । आक्रमक शैलिमा ब्याटिङ गर्न रुचाउने अप्सरीले ४५ बलको सामना गर्दै ५ चौका सहित ३४ रनको योगदान गरिन् ।

यीदुई बाहेक टिमका लागि काजल श्रेष्ठले अविजित रहदै २९ रन बनाइन् । उनले उक्त रन बनाउने क्रममा २६ बलको सामना गर्दै ३ चौका समेत प्रहार गरिन् । यस्तै रोमा थापाले ३ रन , निशा शाहले ५ बनाउँदा संगिता राई २ रनमा अविजित रहिन् । बलिङ तर्फ एपीएफका लागि कप्तान सिता राना मगरले ३ विकेट हात पारिन् । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा १७ रन खर्चिइन् । यस्तै करुणा भण्डारीले १ विकेट लिएकी थिइन् । उपाधिसँगै प्रदेश १ ले नगद पाँचलाख प्राप्त गर्दा उप(विजेता बनेको एपीएफले तीनलाख प्राप्त गरेको छ ।।
लाइटको व्यवस्था गरि रात्रीकालीन खेल खेलाउँछाँै ः सदस्य सिलवाल
राष्टिूय खेलकुल परिषद्का सदस्य सचिव रमेश सिलवालले देउखुरी अन्तराष्टिूय क्रिक्रेट मैदानमा लाइटको व्यवस्था गरि रात्रीकाली क्रिक्रेट खेलकुद खेलाउने प्रतिवद्धता जनाउनु भएको छ । आइतवार प्रधानमन्त्री कप राष्टिूय महिला क्रिक्रेट प्रतियोतिाको समापन कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले अव छिट्टै देउखुरी अन्तराष्टिूय क्रिक्रेट मैदानमा लाइटको व्यवस्था गरि रात्रीकाली क्रिक्रेट खेलकुद खेलाउने प्रतिवद्धता जनाउनुहुदैँ, यसमैदानलाई चिनाउने उद्देश्य र लमहीलाई खेलकुदको केन्द्रको रूपमा विकास गर्न प्रधानमन्त्री कप राष्टिूय महिला क्रिक्रेट प्रतियोतिाको आयोजना गरेको बताउनुभयो ।

उहाँलेभ भन्नुभयो,। ‘कोभिड १९ ले गर्दा नेपालमा धेरै खेल अवरुद्ध भएको थियो । खेलकुदलाई एक ठाउँमा मात्रै सिमित गर्नुनहुँने बताउनुहुदँै, नेपाली महिलाले क्रिकेट प्रतियोगितामा धेरै सम्भावना बोकेको छ ।’ ‘खेल कौशलबाट सिक्ने र सिकाउने भएको हुनाले खेलकुद जगतमा महिला क्रिकेटको महत्तव बढेको छ । महिला क्रिकेटको माध्यमबाट विश्व जगतलाई चिनाउन सकिने भएको ह्ुनाले अव नेपालको सबै क्रिक्रेट स्टेडियमहरुमा लाइटको व्यवस्था गरि रात्रीकाली खेलकुद खेलाउने नेपाल क्रिक्रेट संघ तयारीमा रहेको छ । राष्टिूय खेलकूद परिषद्ले नेपालमा अहिले एघारवटा क्रिक्रेट मैदान निर्माण गर्ने क्रममा रहेको छ ।’

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गाबहादुर थापा मगरको अध्यक्षता, एव्म राष्टिूय खेलकुल परिषद्का सदस्य सचिव रमेश सिलवालको प्रमुख अतिथिमा सम्पन्न समापन कार्यक्रममा नेपाल क्रिक्रेट संघका कोषध्यक्ष रोसनसिंह, नेपाल क्रिक्रेट संघका केन्द्रीय सदस्य प्रसान्त मल्ल, नेपाल क्रिक्रेट संघ लुम्बिनी प्रदेशका सदस्य कैलाश रोका दाङ जिल्ला प्रमुख अधिकारी जयनारायण आचार्य, लमही नगरपालिका उपप्रमुख देवका बेल्वासे लगायतको उपस्थिती रहेको थियो ।
लुम्बिनी स्तरिय क्रिक्रेट प्रतियोगिता हुने

दाङको लमहीमा यही पच्चिस गते देखि लुम्बिनी स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा चौविस गतेदेखि सत्ताइस गते सम्मा रूपन्देहीमा कपिलवस्तु, पाल्पा, रूपन्देही, नवलपरासी विच खेलकुद प्रतियोगिता हुने खेलाडी छनोट समितिका संयोजक कैलाश रोकाले जानकारी दिनुभयो । यस्तै खेलाडी छनोट समितिका संयोजक कैलाश रोकाका अनुसार यही पच्चिस गते देखि देउखुरी अन्तराष्टिूय क्रिक्रेट मैदानमा बाँके, बर्दिया र दाङ विच खेलाडी छनौटको लागी खेलकुद प्रतियोगिता हुने जानकारी गराउनुभयो । राष्टिूय खेलाडी छनोटको लागी उक्त प्रतियोगिताको आयोजना गरिएको खेलाडी छनोट समितिका संयोजक रोकाले जानकारी दिनुभयो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *