शिक्षासँगै संस्ककार सिक्दै बालबालिका

पाण्डव शर्मा
राजपुर, २१ पुस । दाङको राजपुर गाउँपालिका वडा नं ६ रामनगरका ६ वर्षिय हेमन्त चौधरी विद्यालय जान थालेको दुुई वर्ष भयो । उनी अहिले यूूकेजीमा पढ्छन् । दुुई वर्षसम्म उनले विद्यालयमा लेख्न र पढ्न राम्रैसँग सिकेका छन् । तर, उनलाई व्यक्तिगत सरसफाई र संस्कारको बारेमा धेरै कुरा थाह निएन । आजभोली उनी आँफूूभन्दा ठूलाई आदार गर्न सिकेका छन् । हेमन्त मात्र होइन रामनगरका बालबालिकाहरु आजभोली संस्कारी भएका छन् ।

उनीहरुलाई आफ्नै गाउँका दिदीहरुले संस्कार सिकाइरहेका छन् । ‘स्कुलमा सर मेडमहरुले पढ्ने कुरा मात्रै सिकाउनुहुन्छ,’ बालबगैचामा सहभागी सुरज रावतले भने, ‘यहाँ दिदीहरुले हातमुख धुन, नङ काट्न र सरसफाइ गर्न सिकाउनुहुन्छ ।’ बाल बगैचामा आएर आँफरुले अरुसँग झगडा गर्नुहुँदैन र मिलेर बस्नुपर्छ भन्ने सिकेको उनले बताए ।
यस अघि बालबगैचामा रहेका सिको किशोरीहरुले ग्रेजुएट फोरम तयार पारेका छन् । १२ वर्षभन्दा माथीका ग्रेजुएट फोरममा बस्छन् भने ३ वर्ष देखि १२ वर्षसम्मका बालबालिकाहरु बालबगैचमा बस्ने गरेका छन् ।

केही समय पहिलेसम्म त्यहाँका नानीबावुहरु नयाँ मान्छेसँग भेट हुँदा टाढा हुन खोज्थे । तर, आजभोली उनीहरु नयाँ मान्छेलाई भेट्दा खुशी हुन्छन । अभिवादन गर्छन् अनि नजानेका कुरा सिकाइ माग्दछन् । ‘साना बाबुुनानिहरुलाई हामीले मिलेर खेल्न सिकाउँछौं,’ ग्रेजुएट फोरमकी निर्मला रावतले भनिन्, ‘नानीबाबुहरुलाई गित गाउन, नाच्न र आँफूले जानेका कुरा अगाडी आएर सबै साथीहरुलाई सुनाउन लगाउँछौं ।’ बाल बगैचामा सधै बेलुकी ५ बजेपछि साना नानीबावुहरु आउने गर्छन् ।

विगतमा आँफूहरु बालबगैचामा रहेर सिकेका कुरा अहिले साना नानीबावुलाई सिकाउने अभियानमा आँफूहरु जुटेको ग्रेजुएट फोरमकी सचिव संगिता गिरीले बताइन् ।
बालबगैचामा आउने बालबालिकाहरुलाई समूहमा बोल्न सिकाइन्छ । ‘उनीहरु अहिले समूहमा अगाडी उभिएर राम्रोसँग आफनो परिचय दिन सक्ने भएका छन्, ’ फोरमकी कोषाध्यक्ष पार्वती चौधरी भन्छिन्, ‘साना नानीबावुहरुको समग्र क्षमता अभिवृद्धि गर्ने हाम्रो योजना हो ।’
बालबगैचामा १२ वर्ष मुनिका २२ जना बालबालिकाहरु छन् ।

उनीहरुलाई साप्ताहिक रुपमा विभिन्न प्रतियोगिता आयोजना गरिन्छ । नानीबावुहरुले समय समयमा सचेतनामुलक नाटक प्रर्दशन गर्दा आँफूहरुलाई खुशी लाग्ने गरेको स्थानीय श्यामलाल रावत बताउँछन् ।

‘पहिले आपसमा झैझगडा गर्ने नानीबावुहरु समेत अहिले मिलेर सामुहिक काम गर्न अग्रसर भएको छन्,’ उनले भने, ‘हाम्रै छोरीहरु साना नानीबावुलाई संस्कार सिकाएको देखेर हामीलाई पनि निकै खुशी लाग्ने गरेको छ ।’ अहिले नानीबावुहरु फुर्सदको समयमा आफ्ना अभिभावकलाई घरको काममा समेत सहयोग गर्ने गरेको रावतले जानकारी दिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *