घोराहीमा फुटसल सञ्चालनमा आउदै

गणतन्त्र समाचारदाता
दाङ, २१ पुस । घोराहीमा फुटसल सञ्चालनमा आउदै छ । घोराहीकै तिन युवाको संयुक्त लगानीमा फुटवलको सानो रुप फुटसल सञ्चालनमा आउन लगेको हो । फुटवल खेलाडीलाई आफ्नो क्षमता विकास गर्नको लागी निकै सहज मानिने फुटसल १ करोड ३० लाखको लागानीमा यही माघ १ गतेबाट स्पोर्टस् एरिना सञ्चालनमा आउदै छ ।

घोराही उपमहानगर पालिका वडा नम्वर १७ पनौराबाट सञ्चालनमा आउने स्पोर्टस् एरिनाबाट फुटसलका साथै गो कार्ट पनि सञ्चालनमा आउने भएको छ । फुटसल ग्राउन्डमा एक खेलमा ५÷५ जना खेलाडी फुटवल खेल्ने गरिन्छ भने स्पोर्टस् एरिनामा ५० मिनेटको एक एक खेल खेलेबापत् १२ सय रुपैया सम्म लिने स्पोर्टस् एरिनाले जनाएको छ ।

विहान ५ बजेदेखी राती १० बजे सम्म फुटसलमा गेम खेल्न सकिने छ ।
अवको तिन दिनमा फुटसल ग्राउन्डको सबै काम सकिने र माघे सक्रान्तिका दिनबाट सञ्चालनमा ल्याउउने स्पोर्टस् एरिना परिवारले जनाएको छ । यस्तै माघ १ गतेबाटै स्पोर्टस् एरिनामा सिंगल सिटको ४ वटा गो कार्ट सञ्चालनमा आउदै छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *