तुलसीपुरमा एक जना सडक मानवको उद्धार

गणतन्त्र समाचारदाता
तुलसीपुर, २१पुस । तुलसीपुरबाट एक जना सडक मानवको उद्धार गरिएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका–३ घर बताउने अर्जुन गिरीलाई उद्धार गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकाश शाखा, प्रहरी र स्थानीयको सहयोगमा ति व्यक्तिलाई उद्धार गरेर बिजौरीमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रमा पु¥याइएको छ ।

मानसिक सन्तुलन ठिक अवस्थामा नभएका ति व्यक्तिले स्थानीयलाई ढुंगा, मुडा गर्ने गरेपछि प्रहरीको सहयोगमा उद्धार गरी तत्कालका लागि नयाँ पाइला पुनस्र्थापना केन्द्रमा पु¥याइएको तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।

तुलसीपुरसहित दाङका विभिन्न स्थानमा सडक जीवन बिताइरहेका व्यक्तिको गतवर्षदेखि उद्धार शुरु भएको हो । तुलसीपुरबाटमात्रै करिब १८ जना व्यक्तिको विभिन्न संघसंस्थाको सहयोगमा उद्धार गरिएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *