ग्वारखोलामा बस दुर्घटना हुदाँ १९ जना घाइते

गणतन्त्र समाचारदाता
तुलसीपुर, २१ पुस । दाङको तुलसीपुर घोराही सडकखण्ड अन्र्तगत ग्वारखोलामा बस दुर्घटना हुदाँ १९ जना यात्रु घाइते भएका छन ।
सोमवार बिहान पौने १० बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना.६ ख १८१४ नम्बरको बस ग्वारखोलाको पुलनजिकै उकालोमा अनियन्त्रित भइ पल्टिदा १९ जना यात्रु घाइते भएका हुन ।

घाइते हुनेहरुमा शान्तिनगर गाउँपालिका ६ का २७ वर्षीय गणेश बुढाथोकी, शान्तिनगर ७ का २९ वर्षीय भिमप्रसाद राना, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ३९ वर्षीय झनक केसी, घोराही उपमहानगरपालिका वडा नं. १६ का ३० वर्षीय लक्ष्मी गिरी, तुलसीपुर १९ का लक्ष्मी केसी, घोराही १५ का १९ वर्षीय सुरक्षा शर्मा, तुलसीपुर ४ का ३६ वर्षीय लिला कुवर, रुकुम पूर्वी पुथाउत्तर गंगा १२ का ३९ वर्षीय हेमराज पुन रहेका छन ।
त्यस्तै रुकुम पूर्वी पुथाउत्तर गंगाका ४० वर्षीय पञ्च बहादुर पुन, तुलसीपुर ६ का २१ वर्षीय सरु बस्नेत, तुलसीपुर ५ का ३० वर्षीय सुशीला शर्मा, तुलसीपुर १६ का ५४ वर्षीय बासुदेब चौधरी, घोराही १५ का १८ वर्षीय प्रेमिका ज्ञवाली, तुलसीपुर १४ का २७ वर्षीय सुमन श्रेष्ठ, घोराही १२ का ४१ वर्षीय गोपाल पुन, घोराही– ५ का २० वर्षीय रामबहादुर पुन, तुलसीपुर ७ का १८ वर्षीय विशाल मगर, तुलसीपुर १८ का २१ वर्षीय राज केसी र तुलसीपुर ६ का २२ वर्षीय दुर्गा नेपाली रहेका छन् ।
घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते मध्ये तीन जनालाई अलि बढी चोट लागेको छ । अन्यलाई हात खुट्टामा चोट लागेको र उनीहरुको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार बस चालक तुलसीपुर १७ का ३० बर्षीय बाबुराम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तुलसीपुरदेखि ३ किलोमिटर पूर्वमा भएको उक्त बस दूर्घटना हुँदा रोडदेखि ३ मिटर तल खसेको थियो । यसैबिच घाइते भएका मध्ये एक जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । रिफर हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ पर्सेनी बस्ने वर्ष १८ का बिशाल मगर रहेको प्रहरीले बताएको छ

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *