सुन्दर समाज निर्माण गर्न महिलाहरुले लिए अग्रसरता

पाण्डव शर्मा
राजपपुर । दाङ राजपुर गाउँपालिका वडा नं ४ कामहिलाहरु अहिले समाज सुधारका लागि अग्रसर भएका छन् । केही समय पहिलेसम्म घरको चुलोचौको र मेलापातमा मात्र ध्यान दिने महिलाहरु आजभोलीले भने गाउँको नेतृत्व गर्न तम्सिएकाछन् ।

महिलाहरुले समूह गठन गरेर समाज सुुधारका लागि योजना निर्माण गर्छन् । योजना कार्यान्वयनका लागि समूह नै अग्रसर हुने गरेको । ‘पहिले हामीलाई आफ्नो घरको कामको मात्र ध्यान हुन्थ्यो,’ स्थानीय गंगा पुनले भनिन्, ‘आजभोली गाउँमा कुनै समस्या आइपरेमा सबै महिला दिदीबहिनिहरु एक भएर समाधान गर्छौं ।’

महिलाहरुले प्रगति स्वालम्वन समूह गठन गरेकाछन् । समूूहमा महिलाहरुले नियमित बचत समेत गर्छन् । सबैले मासिक २० रुपैयाँ जम्मा गरेर एउटा कोष नै स्थापना गरेकाछन् । हरेक महिनाको १५ गते नियमित रुपमा समूहको बैठक बस्ने पुनले बताइन् ।
बैठकको शुरुमा महिलाहरुले रकम बचत गर्छन् । ऋण लैजान चाहने र पहिले ऋण लगेकाहरुले तिर्नका लागि समय छुट्याइन्छ । महिलाहरुले आँफूले ऋण लगेको रकमबाट गरिएको व्यवसाय र त्यसको उपलब्धिको बारेमा जानकारी दिने गर्छन् ।

आर्थि कारोबारको काम सकिएपछि महिलाहरुले गाउँका समसामयिक समस्याहरुको वारेमा समूहका अरु सदस्यहरुलाई जानकारी दिने काम हुन्छ ।
गाउँमा हुन सक्ने बालविहाह, घरेलुहिंसा, जुवातास लगायतका विषयमा छलफल हुने समूहकी अध्यक्ष गिता चौधरी बताउँछिन् । ‘हाम्रो समूह सक्रिय भएपछि गाउँमा जुवातास नियन्त्रण भएको छ,’उनले भनिन्, ‘कुनै व्यक्ति कुलतमा फसेको छ भने उसलाई पहिले सबै गएर सम्झाउँछौं, उसले त्यति गर्दा पनि मानेन भने प्रहरी सम्म पुुग्ने गर्छौ ।’ केही घटनाहरु भने जनप्रतिनिधिहरुको रोवहरमा समाधान गरिने चौधरीले जानकारी दिइन् । महिलाहरुले गाउँमा समयसमयमा सरसफाई अभियान समेत सञ्चालन गर्ने गर्छन ।

यसले गाउँको सुन्दरतामा समेत पहिले भन्दा फरकपन आएको छ । समूूहमा सबै बर्ग, समुुदाय र जातिका महिलाहरुको सहभागिता रहेको छ ।
पहिले आफ्ना सन्तानहरुलाई घरको काममा बढी प्रेरित गर्ने महिलाहरु अहिले भने छोरछोरीको पढाईमा विशेष ध्यान दिन थालेकाछन् । ‘पहिले घरमा धेरै काम भयो भने छोराछोरीलाई स्कुल पठाउदैन थियौं,’ स्थानीय पुुजा भण्डारीले भनिन्, ‘समूहमा आवद्ध भएपछिछो राछोरीलाई कहिले पनि विद्यालयमा अनियमितता गराएका छैनौं ।’
समूूहमा महिलाहरुलाई आत्मनिर्भर कसरी हुने भनेर छलफल हुने गर्छ । समूहले महिलाहरुलाई घुम्तिकोष मार्फत ऋण लगानी समेत गर्ने गरेको छ । समूहबाट ऋण लिएर स्थानीय भुमिका घर्ति बाख्रपालन गरेकी छन् ।

उनले अहिले ११ ओटा बाख्र पालेकिछन् । ‘पहिले म साँझबिहान घरको काम गरेर दिनभर फुर्सदमा हुने गर्दथे,’ उनले भनिन्, ‘अहिले भने बाख्राको स्याहरसुसारमा व्यस्तहुन्छ ।’
महिलाहरु आफ्नो समूहको काम गर्नका लागि मन्दिरको जग्गामा अस्थायी टहरा बनाएकाछन् । त्यहीँ टहरामा उनीहरुको नियमित बैठक बस्ने गर्छन । अहिले उनीहरुले पक्की संरचनाकालागि स्थानीय तहसँग पहल गरिरहेका छन् ।

‘पानी र हावा हुरी आएको बेला हामीलाई बैठक बस्न समस्या पर्छ,’ समूहकी अध्यक्ष गिता चौधरीले भनिन्, ‘यो टहरा यहाँका अन्य समूह तथा व्यक्तिहरुले पनि प्रयोग गर्छन, हामीले समूहको छुट्टै भवन निर्माणका लागि पहल गरिरहेका छौं ।’
गाउँमा खानेपानीको समस्या लिएर महिलाहरु नै वडाकार्यालय र गाउँपालिकाको कार्यलयमा गएका छन् ।

‘गाउँको विकास निर्माणको जिम्मा र ध्यान पुरुषहरुले मात्र लिनुपर्छ भन्ने छैन,’ स्थानीय सविता चौधरीले भनिन्, ‘हामी हाम्रा सन्तानहरुलाई राम्रो संस्कार सिकाउन चाहन्छौं ।’
यसरी समाज सुधारमा अग्रसर भएका महिलाहरुलाई राज्यले सीपमुलक तालिम तथा आत्मनिर्भर बन्न चाहनेहरुलाई विनाधितो ऋण प्रदान गर्नुपर्ने स्थानीयहरुको भनाई छ । महिलाहरु अग्रसर हुँदा सुन्दर समाज निर्माणमा थप टेवा पुुग्ने उनीहरुको भनाई छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *