पत्रकार जिएमद्धारा जन्मदिनमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग

गणतन्त्र समाचारदाता
दाङ, २२ पुस । पत्रकार तथा कथाकार दिपक जिएम आर्जवले आज आफ्नो जन्मदिनको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १४ मा रहेको बालमन्दिर प्राथमिक विद्यालयका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई जन्मदिनको अवसरमा विभिन्न सहयोग सामाग्री सहयोग गरिएको हो ।

बाल मन्दिर विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिमबहादुर बुढाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता एवं विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

मानव र मानवताको धर्मअनुसार दिनदुखीलाई सहयोग गर्ने उद्देश्यका साथ जन्मदिन मनाईरहनुभएका राजमार्ग अनलाईनका प्रवन्धक तथा सम्पादक एवं गणतन्त्र राष्ट्रिय दैनिकका सहसम्पादक समेत रहनु भएका जिएमले बौद्धिक अपाङ्गता भएका विद्यार्थिलाई सहयोग गर्नुभएको हो । उहाँले बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागी ६ थान सिरक, १३ थान ट्राउजर, ५ सय पिस मास्क र २४ थान फ्रुटी सहयोग गर्नुभएको हो ।

प्रमुख अतिथी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनले सामाज सेवासँग आफुलाई जोडेर जन्मदिन मनाउनु निकै प्रशंसनिय कदम भएको भन्दै जन्मदिनको शुभकामना दिनुभएको हो । यस्तै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुढाले विगत तिन वर्षदेखी आफ्नो जन्मदिन र आमाको पुन्यतिथीको अवसरमा विद्यालयलाई सहयोग गर्दै आएको भन्दै धन्यवाद व्यक्त गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *