तुलसीपुरमा म्याद नाघेका खाद्य सामग्री जफत

यमकलाभुसाल

तुलसीपुर, २२ पुस । दाङको तुलसीपुरमा म्याद नाघेका खाद्य सामग्री जफत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा पुगेको टोलीले मंगलवार तुलसीपुर बजारका पसलबाट म्याद गुज्रेका खाद्य सामाग्रीहरु जफत गरेको हो ।
तुलसीपुरका ११ वटा पसलमा अनुगमन गरिएकोमा अधिकांश पसलबाट म्याद गुज्रेका बिस्कुट,भुजा,तेल,बच्चाको पाउडर,चक्लेट,नम्किन,कस्मेटिक सामाग्री लगाएतका खाद्य सामग्री फेला परेको उपभोक्ता हित संरक्षण शाखा तुलसीपुरका प्रमुख रेखा शर्माले जानकारी दिनुभयो । उहाँले जफत गरिएका सामाग्रीहरु नष्ट गरिने बताउनुभयो ।

अनुगमनको क्रममा अधिकांश पसलमा म्याद गुज्रिएको,मूल्यसूचि नटाँसेको, नविकरण नगरेको,बोर्ड नराखेको,किराना पसलमा खाद्यवस्तु र अखाद्यवस्तु अलग–अलग नराखेको र व्यवसायीलाई सुधार गर्न अनुगमन टोलीले सुझाव दिएको उहाँको भनाई छ । उहाँका अनुसार बजारमा मापदण्ड विपरीत सञ्चालन भैरहेका व्यवसायीलाई ३ दिनभित्र दर्ता प्रक्रियामा आउन चेतावनी दिइएको छ ।

उपभोक्ता हित संरक्षण शाखासहित उपभोक्ता हित संरक्षण मञ्च नेपाल, स्थानीय प्रशासन, प्रहरी, पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।
साथै यस अघि आइतवार गरिएको अनुगमनको क्रममा तुलसीपुरको सितलपुर रोडमा रहेको पशुपति इन्टरप्राईजेजमा १ हजार २ दुई सय केजी मासको दाल म्याद गुज्रिएको भेटिएपछि तत्कालका लागि दाल बिक्री वितरणमा रोक लगाइएको छ । ठूलो परिमाणमा खाद्यवस्तु म्याद गुज्रिएको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको समन्वयमा दालको गुणस्तर मापनका लागि नेपालगञ्ज पठाइएको छ । गुणस्तर मापनको नजिता आएपछि उक्त दालको जफत गरी नष्ट गरिने तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्माले जानकारी दिनुभएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *