मनकारी शान्ता, तीन सय बढीलाई न्यानो कपडा

गणतन्त्र समाचारदाता
घोराही, २३ पुस । वि.स २०७० सालमा प्रकाशित ‘कमलही देखि सभासदसम्म’ पुस्तकमा उल्लेख भए अनुसार नेपाल कम्युनिष्ट पार्टीकी नेता शान्ता चौधरी सात बर्षको उमेर देखि कमलहरी जीवन बाच्नुभयो । लगातार १८ बर्षसम्म उहाँले कमलही जीवन विताउनुभयो र अर्काको फाटेको कपडाले दशकौँ हिउँदे जाडो छेक्नुभयो ।

हिजो अर्काको फाटेको कपडा लगाउने शान्ता अहिले अरुलाई निरन्तर न्यानो कपडा वितरण गरिरहनुभएको छ । यसपटक पनि उहाँले हिउँद सुरु भए देखि दाङका विभिन्न वस्तीहरुमा पुगेर तीन सय बढीलाई कपडा वितरण गर्नुभएको छ । विशेषगरी गरीव, निम्नवर्गका थारु, दलित, सुकुम्वासी, मुक्त कमैयावस्तीहरुमा पुगेर न्यानो कपडा वितरण गरेको उहाँले बताउनुभयो ।

उहाँले घोराहीको बजार नजिकै पर्ने सुकुम्वासी वस्तीका २८ जना विपन्न आमाहरुलाई न्यानो सल वितरण गर्नुभयो । कपडा वितरण गर्दैगर्दा भेटिनुभएकी नेता चौधरीले गरीव वस्तीमा पुग्दा आफुलाई आफ्नो विगत याद आउने बताउनुहुन्छ । ‘गासँ, वास र कपासको अभावमा मैले विताएको दिन सधै सम्झाना आउछ ।

’ उहाँले भन्नुभयो ‘गरीव वस्तीमा पुग्दा केही न केही लिएर जान पाए पनि हुने भन्ने लाग्छ । सोही कारण हरेक हिउँदमा न्यानो कपडा वितरण गर्दैआएको छु ।’

केही समय अघि घोराही उपमहानगरपालिका वडा नम्वर १६को सुकुम्वासी वस्तीका ६७ घर परिवारलाई उहाँले कम्वल वितरण गर्नुभएको थियो । यस्तै देउखुरी स्थित मुक्त कमलहरी छात्रावासमा वस्दै आएका करिव ७० जना मुक्त कमलहरी छात्राहरुलाई कपडा पनि दिनुभयो । गत आइतवार घोराहीको विकट क्षेत्रमा पर्ने जनता प्राथमिक विद्यालयमा पुगेर त्यहाँ अध्ययनरत ७१ जना बालबालिकालाई उहाँले न्यानो कपडा वितरण गर्नुभएको छ ।

हिजो सोमवार पनि उहाँले देउखुरीको मुक्त कमैया शिविर मै पुगेर ४१ घर परिवारलाई न्यानो कपडा वितरण गनुभएको थियो । यो हिउँदको समयमा न्यानो कपडा वितरण गर्दा कतिपय जेष्ठ नागरिकहरु रुदै आर्शिवाद दिएको सम्झदा आत्म सन्तुष्टी हुने गरेको उहाँको अनुभव छ ।
हिउँदमा मात्रै होइन कसैको घर जल्दा होस् वा वाढी पहिरो प्रभावितहरुलाई पनि उहाँ सबैभन्दा चाँडो सहयोग लिएर पुग्ने गर्नुभएको छ ।

अरुको दुःखमा थोरै भए पनि मलम लगाउने प्रयास स्वरुप आफन्त, साथीभाईहरुबाट सहयोग मागेर र केही आफ्नै कमाईबाट सहयोग गर्दै आएको उहाँ बताउनुहुन्छ ।
वि.स २०६४ सालमा समानुपातिक समाभासद भए देखि निरन्तर दुई पटक सभासद र हाल विघटित संसदिय दलकी सचेत रहनुभएकी चौधरीले संविधानसभा सदस्य चुनिएदेखि हालसम्म हरेक हिँउदमा आफ्नो गृह जिल्लामा न्यानो कपडा वितरणको काम गर्दै आउनुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *