लैंगिक हिंसा पिडित संरक्षण सेवा केन्द्रलाई आवस्यक सामाग्री प्रदान

गणतन्त्र समाचारदाता
देउखुरी, २४ पुस । लैंगिक हिंसामा परेकाहरुलाई न्याय सम्पादन हुदा सम्मको लागि सुरक्षित राख्नको लागि बनाईदै गरेको लंैगिक हिंसा पिडित संरक्षण सेवा केन्द्रलाई आवस्यक सामाग्री उपलब्ध गराईएको छ ।
राप्ती गाउँपालिका क्षेत्रका हिंसा पिडितहरुलाई राख्नका लागि राप्ती गाउँपालिकाले मौरिघाटमा लंैगिक हिंसा पिडित संरक्षण सेवा केन्द्रको स्थापना गर्न लागेको अवस्थामा माहुरी होमले आवस्यक सामाग्री उपलब्ध गराएको हो ।

दाङको राप्ती गाउँपालिकाकामा न्याय, सुरक्षा र सुशासनको क्षेत्रमा काम गर्दै आएको युके ए आइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले पिडित संरक्षण सेवा केन्द्रको लागि बस्ने, सुत्ने खाना पकाउने तथा दैनिक जिवनमा प्रयोग हुने सामाग्री न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीलाई हस्तान्तरण गरेको छ ।

मधेस मानव अधिकार मञ्च माहुरी होमका कार्यक्रम अधिकृत रमेश पाण्डे र सामाजिक परिचालक पुष्पा बन्जाडेले केन्द्रमै गई सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
हिंसा पिडितलाई सुरक्षित गर्दै न्यायको लागि पहल गर्न आवासीय समाग्रीको लागि न्यायिक समिति संयोजक जगदम्वा कुमारी चौधरीले माहुरी होमलाई धन्यवाद दिनु भएको छ ।
उत्त लैंगिक हिंसा पिडित संरक्षण सेवा केन्द्र केहि दिनमै सुरुहुने महिला तथा बालबालिका शाखा प्रमुख जिवन कुमारी जिसीले जानकारी दिनु भएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *