राजपुरमा माछापुच्छ«े बैंकको शाखा रहित सेवा

देउखुरी समाचारदाता
देउखुरी, पुस २४ गते । राजपुर गाउँपालिकामा माछापुच्छ«े बैंकले ग्राहक सेवा केन्द्र अन्तरगर्त शाखा रहित बैङकिङ सेवा शुरु गरेको छ ।
बिहिवार एक औपचारिक कार्यक्रमका बिच ग्राहक सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

माछापुच्छ«े बैंक लमही शाखाका प्रमुख मधुसूदन श्रेष्ठको अध्यक्ष तथा राजपुर गाउँपालिका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले गाउँपालिका क्षेत्रमा बित्तीय सेवाको शुरुवात हुनु सकरात्मक रकेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समय धेरैजसो कारोबार बैङकिङ प्रणालीबाट चल्न थालेको भन्दै सुरक्षा, पारदर्शीता र सहजताको लागि बैङकिङ कारोबारबाट सहज हुने बताउनुभयो । कार्यक्रममा बिशिष्ट अतिथि राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्माले स्थानीयलाई आर्थिक कारोबारकोे लागि बैंकको ग्राहक सेवा केन्द्रले सघाउने बताउनुभयो ।

कार्यक्रममा माछापुच्छ्रे बैंक केन्द्रिय कार्यालय शाखा रहित सेवाका इन्चार्ज मुकुन्द भट्टराइ र बैंकका लुम्विनी प्रदेश प्रमुख नारायण केसीले ग्राहक सेवा केन्द्रको शाखा रहित सेवाबाट पाइने सेवा सुविधाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा समाजसेवी भोगेन्द्र सिंह राजपुत, तुलीराम भण्डारी लगायतले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।

शाखा रहित बैंङकीङ सेवा राजपुरका प्रतिनिधि हरिराज धितालले स्वागत मनत्वयबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार दिवाकर पोख्रेलले गर्नुभएको थियो ।

यसैविच राजपुर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्गाप्रसद शर्माको खाता खोलेर ग्राहक सेवा केन्द्रको कारोबारको औपचारिक शुरुवात गरिएको छ । ग्रामिण क्षेत्रमा बैंङकिङ सेवा उपलव्ध गराउने नेपाल राष्टू बैंकको निर्देशन अनुसार बैंकहरुले पनि आफ्नो सेवालाई गाउँ केन्द्रित गर्न थालेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *