औषधि व्यवसायी संघ दाङको नयाँ नेतृत्व सर्वसम्मत चयन

घोराही, २६ पुस
नेपाल औषधी व्यवसायी संघ दाङको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । संघको आज घोराहीमा भएको प्रथम अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

संघ दाङका अध्यक्ष भुवनेश्वर बुढाको अध्यक्षता तथा नेपाल औषधी व्यवसायी संघका केन्द्रिय सदस्य प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन गरिएको हो । संघको प्रथम अधिवेशनले विष्णुप्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा मधुसुदन पाण्डे, महासचिव निमकुमार रावत (धर्व) चयन हुनुभएको छ ।

यस्तै संघको कोषाध्यक्ष गीरीराज न्यौपाने, उपकोषाध्यक्षमा राजिमान बुढा, सचिवमा श्यामकुमार गीरी चयन भएको निर्वाचन प्रमुख निर्मल गौतमले जानकारी दिनुभयो । यस्तै संघ दाङको सदस्यहरुमा भविश्वर भुषाल, महेन्द्र रावत र कृष्ण श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनको सहजिकरण संघको राप्ति शाखा महासचिव राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *