दाङ महिला जेसीजको अध्यक्षमा बिष्ट

दाङ,२ पुस । दाङ महिला जेसीजको अध्यक्षमा ममाता बिष्टले पदभार गरेकी छिन । दाङ महिला जेसीजले घोराहीमा आयोजना गरेको १२ आंै पद हस्तान्तरण तथा पुरस्कर बितरण समारोहमा महिला जेसीज सन २०२१ का लागि नवनिर्वाचित अध्यक्ष बिष्टले पदभार सम्हालेकी हुन ।
नवनिर्वाचित अध्यक्ष बिष्टलाई बर्ष २०२० की अध्यक्ष जीवा भुसालले पद हस्तान्तरण गरेकी थिइन । पदभार सम्हाल्दै नवनिर्वाचित अध्यक्ष बिष्टले दाङ महिला जेसीजलाई महिलाहरुको नेतृत्व र क्षमता विकास गर्ने इन्ष्टिच्युटका रुपमा विकास गर्ने बताएकी थिइन ।
महिला जेसीजको कार्यकारिणी उपाध्यक्षमा संगीता गिरी र जुनुकुमारी बुढा, महासचिवमा सुनिता थापा, कोषाध्यक्षमा अनिता ढकाल, जनसम्पर्क अधिकारीमा शारदा घर्ती, उपाध्यक्षमा अर्चना शर्मा, दिलु मल्ल, नोमिका चौधरी र निमा सुनार, शाखा सम्पादकमा नमा शर्मा, सहसचिवमा सरस्वती चौधरी, तालिम निर्देशकमा सिन्धु मल्ललगायतकाले सपथ लिएका थिए ।
दाङ महिला जेसीज वर्ष २०२० का अध्यक्ष जीवा भुसालको अध्यक्षता तथा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठको प्रमुख अतिथित्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले युवाहरुको नेतृत्व र क्षमता विकाससँगै सामाजिक विकासको कार्यमा लगाउन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल जेसीजका महासचव विकास मानन्धर, नेपाल जेसीजका उपाध्यक्ष कल्पना पाण्डे,त्रिभुवननगर जेसीज दाङका अध्यक्ष मकेश शर्मा, दाङ महिला जेसीजका सस्थापक अध्यक्ष निर्मला गौतम, पूर्व अध्यक्ष निरजा पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संयोजक जुनु कुमारी बुढाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नमा शर्माले आस्थापाठ र नमीता चौधरीले जेसीज मिसनभिजन बाचन गरेकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन । कार्यक्रममा महिला जेसीजलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।


प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको लागी दाङका खेलाडीहरुलाई बिदाई गरिएको छ । दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको प्रमुख अतिथ्यतामा विदाई कार्यक्रम सम्पन्न भएको थियो । दाङ क्रिकेट संघको योजना अनुसार खेलाडीहरुले गरेको मेहनत र परफर्मेन्स हेर्दा दाङको यो पटक प्रदर्शनमा उल्लेखनीय सुधार देखिने आशा लिएका छौं । दाङले पहिलो खेल आइतबार बिहान बर्दिया सित दाङको लमही मैदानमा हुनेछ ।


२९९ औ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाईने
घोराही, २५ पुस (गस) । दाङमा पर्सी पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस दाङमा मनाईने भएको छ । राष्ट्र निर्माता पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठान दाङले आज घोराहीमा पत्रकार सम्मेलन गर्दै पर्सी नगर परिक्रमा र दिप प्रज्ज्वलन गरेर दिवस मनाउने जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष नमबहादुर पौडेलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेन गरी पर्सी पुस २७ गते २९९ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने जानकारी गराईएको हो ।
पुस २७ गते विहान साढे ११ बजे गुम्राह चोक देखी बजारपरिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर कोण सभा गर्ने र साझ ६ बजे तुलसीपुर चोकमै दिप प्रज्ज्वलन गर्ने कार्यक्रममा सहभागीत हुनका लागी सम्पुर्णमा प्रतिष्ठानका अध्यक्ष पौडेलले अनुरोध गर्नु भएको छ ।

 


पौष २७ देखि मनकाशीमा लावाजुनी प्रदर्शन हुने
दाङ, २५ पुस (गस)। कम्लरी विषयवस्तुमा आधारित नेपाली सामाजिक चलचित्र लावाजुनी पौष २७ देखि घोराहीमा प्रदर्शन हुने भएको छ । घोराहीको मन टावरस्थित मनकाशी सिने प्लेक्समा लावाजुनी प्रदर्शन हुने भएको हो ।
संचारकर्मी केएल पीडितको लेखनरनिर्देशन र गेहेन्द्र बस्नेत कार्यकारी निर्माता रहेको चलचित्र लावाजुनीमा चलचित्रमा थारु चेलीहरुले कम्लरी बस्दा भोग्नुपरेका दुर्व्यवहार र उत्पीडनका साथै उनीहरुको मुक्तिको सपना र संघर्षलाई चित्रण गरिएको छ । चलचित्रमा छबिलाल कोपिला, सुशीला चौधरी, अनिता महतारा, ज्वाला देवकोटा, बर्षा लम्साल, सुप्रीया देवकोटा र निश्मा वलीको अभिनय रहेको छ ।
चलचित्र जाँच केन्द्रीय समितिबाट युनिभर्सल प्रमाणपत्र पाएको लावाजुनीमा संतोष श्रेष्ठको संगीत रहेको छ भने कोमल वली, सतिष राजभण्डारी, स्वीकृति डिसी, कोमलसरी जिसी र यांशु श्रेष्ठको स्वर रहेको छ । चलचित्रका छायाँकार तिलक गौतम हुन भने मेक बहादुर थापाले चलचित्र संपादन गरेका हुन् ।
पहल नेपालको ब्यानरमा निर्माण भएको लावजुनीको रिना खड्का बस्नेत, बसन्तराज भट्ट पद्मा लम्साल, संझना जिएम, शारदा बुढाथोकी र टोपबहादुर जिसी निर्माता हुन् । लावाजुनी मौलिक, कलात्मक एवं सन्देशमूलक चलचित्र भएको हुँदा एकपटक हेरिदिन निर्देशक पीडितले सबैलाई अनुरोध गर्नुभएको छ ।

 


अनौठो मनोरोग कन्भर्सन डिसअर्डर
डा सिपी सेडाईं
रमा २५ वर्षीया युवती हुन्। उनको विवाह भएको एक वर्ष भयो । उनी अहिले आफ्नो घर (श्रीमान्को घर) मा छिन् । श्रीमान् सउदी अरबमा काम गर्न गएको ६ महिना भयो, चिठी आदनप्रदान भइरहन्छ । रमाका साथमा नन्द, देवर, सासु, ससुरा छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *