सिसहनियाँ उद्योग बाणिज्य संघले खौराहा बाबा धार्मिक स्थलमा घण्टा अनावरण

गणतन्त्र समाचारदाता
देउखुरी, २७ पुस । धार्मीक पर्यटनको विकासका लागि सिसहनियाँ उद्योग बाणिज्य संघद्धारा खौराहा बाबा धार्मिक स्थलमा घण्टी अनावरण छ ।
धार्मिक स्थानको पर्बधन गरौ स्थानिय स्तरका पर्यटकीय स्थलको विकास गरौ भन्ने उदेश्यले राप्ती गाउँपालिका वडा नं ५ कालापानीमा पर्ने खौराहा बाबा धार्मिक स्थलमा १५ किलोको घण्टा राखीएको हो ।
सिसहनियाँको एक महत्वपुर्ण स्थलको रुपमा रहेको खौराहा बाबा धार्मीक पर्यटकीय स्थलको विकास तथा प्रचार प्रसार गर्ने उदेश्यले सो क्षेत्रलाई थप आकर्षक बनाउन घण्टा राखीएको सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले जानकारी दिनु भएको छ ।

राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा भएको पितलको घण्टा अनावरण कार्यक्रममा आगामी दिनमा सो क्षेत्रको विकासमा स्थानिय सरकारको पुनः आर्थिक सहयोग रहेने वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले बताउनु भएको छ ।

सिसहनियाँ उद्योग बाणिज्य संघले खौराहा बाबा धार्मीक पर्यटकीय स्थलको विकासका लागि स्थानिय सहयोग दाता, धार्मिक ब्यत्तित्व, संघ संस्थाहरुको सहयोगमा मन्दिर निर्माण, पोखरि विस्तार, पीकनिक स्थालको विकास, पीउने पानीको ब्यवस्था गर्न सफल भएको महासचिव ईश्वरी अधिकारीले बताउनु भएको छ ।

पितलको घण्टा अनावरण कार्यक्रममा मन्दिर परिसरको सरसफाई, पोखरी सरसफाई सहित स्थानिय वन समुहलाई धार्मीक स्थलको सुरक्षाका लागि सहयोग समेत गरिने संघ का सचिव मदन पोख्रेलले बताउनु भएको छ ।
ब्यापारीहरु स्वच्छ ब्यापारको साथै आफ्नो क्षेत्रका विभिन्न सरोकार क्षेत्रको विकासमा निस्वार्थ सेवा तथा सहयोग गर्न तत्पर रहेमात्र सेवा क्षेत्रमा ग्राहक ल्याउन सकिने जसले ब्यापार क्षेत्रको साथै स्थानिय कला संस्कृतिको विकासमा समेत लाभ पुग्ने संघका पुर्व अध्यक्ष पुर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ ।

खौराहा बाबा धार्मीक पर्यटकीय स्थल र सो क्षेत्रको वनको विकासका लागि अग्रजहरुले ठुलो भुमिका खेलेकोमा पछिल्लो पुस्ताले सो संरक्षणको अभियानमा सक्रियता देखाउनु आवस्यक रहेको समाजसेवी तुल्सी गौतमले सो अवसरमा बताउनु भएको थियो ।

कार्यक्रममा देव प्रसाद चौधरी, छविलाल चौधरी, जगनारायण चौधरी लगायतले खौराहा बाबा धार्मीक पर्यटकीय स्थलको धार्मिक महत्वका वारेमा जानकारी गराउनु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *