दाङमा भित्रियो बजाज कम्पनीको डोमिनार २५० मोटरसाइकल

गणतन्त्र समाचारदाता
दाङ, २७ पुस । नेपालमा पहिलो पटक सार्वजनिक भएको बजाज कम्पनीको डोमिनार २५० मोटरसाइकल दाङमा पनि सार्वजनिक गरिएको छ । दाङको घोराही स्थित बजाज मोटरसाइकलको आधिकारिक विक्रेता राप्ती अटो इञ्जिनिय िङले आइतबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता तथा सिद्धार्थ बैङ घोराहीका प्रवन्धक मिगेल सिँह ठकुरीको विशिष्ट आतिथ्यतामा डोमिनार २५० मोटरसाइकल सार्वजनिक गरिएको थियो ।

सबै क्षेत्रमा सजिल्यै चलाउन सकिने उक्त मोटरसाइकलको बजार मूल्य ४ लाख ९० हजार रुपैयाँ रहेको सञ्चालक घोराहीका संचालक बलदेव योगीले बताउनुभयो ।

तीन प्रकारको रङमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्ट्स मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषता रहेको उहाँले जानकारी दिनुभयो ।

बजाज कम्पनीका अनुसार बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ । जसले २७ एएस र २३.५ एनएमको पिक टर्क्यु जेनेरेट गर्छ । यसका साथै यसमा १३२ किलो मिटर प्रति घण्टासम्मको स्पीड रहेको र यो १०.५ सेकेन्डमा ० देखि १०० किलो मिटर प्रतिघण्टाको स्पीडसम्म कुद्न सक्ने कम्पनीले जनाएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *