बैंक तथा वीमा कम्पनीहरुसँग शुलभकर्जा सम्बन्धी अन्तरक्रिया

गणतन्त्र समाचारदाता
दाङ, २७ पुस । दाङमा बैंक तथा वीमा कम्पनीहरुसँग शुलभकर्जा सम्बन्धी अन्तरक्रिया गोष्ठी गरिएको छ ।
आइतबार कृषि ज्ञान केन्द्र घोराही दाङको आयोजनामा बैंक, वीमा कम्पनी तथा कृषकहरुबीचामा अन्तरक्रिया गोष्ठी गरिएको हो ।

कार्यक्रममा बैंकहरुले कृषकहरुलाई सहज तथा सर्वसुलभ रुपमा कसरी कर्जा दिन सक्छन भन्ने सवालमा छलफल भएको थियो । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कृषकहरुले स्थानीय तहसँगै समन्वय गरेर सहज रुपमा कर्जा पाउने बताबरण बनाउनु पर्ने बताएका थिए ।

खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रर्वद्धन महाशाखा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका प्रमुख श्रीधर ज्ञावलीले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफलका क्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन ।

कार्यपत्रमा कृषि, पशु, मत्स्य क्षेत्रमा प्रदेश सरकारले कसरी कर्जा उपलब्ध गराउन सक्छ भन्ने लगायतका विषय प्रस्तु गरिएको थियो । जिल्लाका बैंक, वीमा कम्पनी, जिल्लाका सहकारी संघ, मौरीपालक किसान संघ, उद्योग वाणिज्य संघ, कृषक प्रतिनिधिबीच भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ उमेशचन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *