राप्ती प्रादेशिक अस्पतालमा सि.टि स्क्यान सेवा चिकित्सकको दृष्टीकोणले दाङ उपयुक्त ः मुख्यमन्त्री पोख्रेल

यमकला भुसाल
तुलसीपुर, २७ पुस । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले अब सि.टि स्क्यान सेवा दिने भएको छ । सि.टी स्क्यान सेवा र क्वार्टर भवनको आइतवार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले रिभन काटेर उद्धघाटन गर्नुभएको छ । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले चिकित्सकहरुको दृष्टीकोणले दाङ जिल्ला उपयुक्त रहेको बताउनुभयो ।

‘एक समय यस्तो रहयो, जहाँ डाक्टरहरु पाउनका लागी पनि कठिन समय गुजारेको थियौँ,’ उहाँले भन्नुभयो, ‘तर, पछिल्ला दिनहरुमा यसको सुधार हुदै गएको छ र अहिले चिकित्सकहरुको दृष्टीकोणले दाङ जिल्ला उपयुक्त मानिन्छ ।’ अब आवास निमार्ण पछि अस्पतालमा बस्न नचाहने प्रवृतिको अन्त्य हुने उहाँको भनाई छ ।

उहाँले राप्ती प्रादेशिक अस्पताललाई बिषेशज्ञ अस्पतालका रुपमा विकास गर्ने सोचका साथ गुरुयोजना तयार गर्ने कार्यक्रम राखेको पनि बताउनुभयो । त्यसका लागी अस्पतालबाट कस्तो सेवा प्रदान गर्ने भन्ने विषयमा चिन्ता गर्नुपर्ने भन्दै उहाँले बिरामीको सन्तुष्टीले नै अस्पतालको क्षमता विकासमा सहयोग पु¥याउने बताउनुभयो ।

उहाँले अस्पातलहरु रिफर केन्द्र नभई उपचार केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । अस्पतालमा चिकित्सक हुँदाहुदै पनि उपचारमा आएका बिरामीलाई रिफर गर्ने गरेको गुनासाहरु आउने गरेको भन्दै उहाँले रिफर गर्ने कार्यलाई रोक्न चिकित्सकलाई आग्रह गर्नुभयो ।
फरक प्रसंगमा उहाँले भन्नुभयो,– राप्ती प्रादेशिक अस्पतालको जमिनलाई सुरक्षित गर्ने कुरा पनि चुनौतीको विषय बनेको सुन्नमा आएको छ ।

यदि कोही बास्वतमै सुकुम्वासी हो भने अहिले आयोग गठन भैसकेको छ,नगरपालिकामा आफ्नो विवरण भर्नुस र उपयुक्त ठाउँ नगरपालिकाले उपलब्ध गराउछ,उहाँले भन्नुभयो,–अस्पतालको जग्गा भनेको आम नागरिकहरुका लागी सेवा प्रदान गर्ने जग्गा हो,त्यसलाई अतिक्रमण गर्ने कुरा उचित हुदैन । अस्पताल जस्तो ठाउँको जमिन अतिक्रमणमा पर्नु दुख्द कुरा भएको भन्दै उहाँले अतिक्रमणबाट हटाउन सबै नागरिक एक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले राप्ती प्रादेशिक अस्पतालको बिकाससंगै लुम्बिनी र कर्णाली क्षेत्रका जनताले सहज रुपमा सेवा पाएको भन्दै अब आइसीयु सेवा संचालनका लागि तुलसीपुर उपमहागनरपालिकाले भवन निर्माणको काम सुरु गरेको बताउनुभयो ।

उहाँले प्रादेशिक अस्पताललाई प्रदेशकै विषेशज्ञ सेवा दिने अस्पतालका रुपमा विकास गरि तुलसीपुर उपमहानगरलाई स्वास्थ्य हवका रुपमा विकास गर्ने बताउनुभयो ।
राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. बिनोद सिंहले सि.टी स्क्यान सेवा संगसगै २ सय बेडको अस्पताललाई ६ सय बेड समम पु¥याउने लक्ष्यका साथ अघि बढेको बताउनुभयो । साथै उहाँले साढे ३ करोडको लागतमा सि.टी स्क्यान भवन निमार्ण भएको समेत जानकारी दिनुभयो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *