कोठा र शरीर न्यानो बनाउँदा अपनाउनुपर्ने सतर्कता

डा. प्रकाश बुढाथोकी
नवल यादवलाई अहिले निमोनियाले आक्रान्त पारेको छ । बिहानी कक्षा भएकाले बाक्लो हुस्सु र शीतलहरमा बिहान ५ बजे नै विद्यालयका लागि तयार भएर जानुपर्छ । लामो समयपछि विद्यालय खुलेकाले कोर्स धेरै पछाडि भएकाले पढाइ पनि छोडन नसक्ने र जाँदा बिरामी पर्ने जोखिम छ । घरमा न्यानो भएर बसे पनि बाहिरको शीतलहरले बिरामी बनाइरहन्छ ।

शीतलहर र हिमपात ः हरेक यामका आफ्नै विशेषता, सुखदुःख छन् र त्यहीका कारण सम्झिने पनि गरिन्छ । हिउँदमा बाढी पहिरोको डर नभए पनि उत्पाद चिसो र त्यसले उत्पन्न गर्ने कष्ट, स्वास्थ्य समस्या र धनजनको नोक्सानी उत्तिकै जोखिमपूर्ण हुन्छन् ।

सरकारी तथ्यांक हेर्दा २१ हिमाली तथा उच्च पहाडी जिल्ला हिमपात र तराईका ११ जिल्ला शीतलहरको उच्च जोखिममा पर्दछन् भने पहाडी भेगका अन्य ३४ जिल्ला चिसो प्रभावित र तराईका अन्य ११ जिल्ला शीतलहरको जोखिममा पर्दछन् ।

चिसो आफैं मात्र समस्या होइन, त्योसित जुध्नका लागि नागरिकसित उचित स्रोतसाधन नहुनु प्रमुख समस्या हो । जसका लागि सरकारको उपस्थिति जरुरी छ ।
स्वास्थ्य समस्या ः जाडोको मौसममा खासगरी रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङकाइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, दादुरा, ठेउला, चिसोको एलर्जी, घाँटीको संक्रमण, भाइरल झाडापखाला, छाला फुट्ने, चिलाउने, सुन्निने, सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुनेलगायत मुटु कमजोर बन्दछ ।

हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाँही घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ । मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पर्दछन् ।
न्यानो बनाउँदा होसियार ः जाडोबाट उत्पन्न यावत समस्याबाट बच्न खोज्दा पनि गत साल राजधानीको कपनमा दुई जना युवक कोठा न्यानो पार्न बालिएको बायोब्रिकेटबाट निस्केको ग्याँसले निसासिएर मृत्युवरण गरे र पुन बिउँझिएनन् ।

सुकेधारामा एक महिलाको बाथरुममा नुहाउँदा मृत्यु भयो । नगरकोटको होटलमा दुई चिनियाँ नागरिक मृत अवस्थामा पाइए । यति मात्र होइन, पार्टी प्यालेसमा जेनेरेटर चलाएकै कोठामा सुतेका दुई कामदारको मृत्यु भयो । नेपालमा शंकास्पद सिओका कारण मृत्यु हुने शतक बढी भएपनि तथ्यांकले वार्षिक तीन दर्जन देखाउने गर्छ ।
जाडोमा तातोको सहारा लिन प्रयोग गरिने धुम्रपान, मद्यपान, आगो ताप्नका लागि बालिने हिटरबाट पोलिने तथा झ्यालढोका बन्द गरी मकल बाल्दा हुने क्षतितका बारेमा चर्चा गरी साध्य नै छैन ।

बिजुली, कोइला, दाउरा तथा ग्यासको उपयोग गर्दा निस्कने ग्याँस जुन देख्न, सुध्न र महसुस गर्न सकिँदैन । त्यो कार्बन मोनोअक्साइड हो, जसलाई अदृश्य हत्यारा वा मौन हत्यारा पनि भनिन्छ । बिनाकुनै संकेत र लक्षण कसैको ज्यान लिन सक्ने अवस्था वा कारकका रूपमा यसलाई लिइन्छ । सीओको विषाक्तताबाट बढी प्रभावित हुनेमा मुटु, श्वाससम्बन्धी, रगतको कमी भएका बिरामी, गर्भावस्था, गर्भका शिशु र वृद्धा पर्दछन् ।
अदृश्य हत्यारा ः सीओ ग्यास सामान्यत सही रूपले बल्न नसकेको स्टोभ, हिटिङ सिस्टम, जेनेरेटर तथा चुरोट र मट्टीतेल, ग्याँसबाट चल्ने हिटर, गिजर तथा स्टोभ आदिको ग्यास तथा धुवाँमा पाइन्छ । ग्याँस गिजरमा पानी ताती रहँदा कार्बनमोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुन सक्छ ।

गिजर प्रयोग हुँदा प्रोपन ग्याँस भारी हुने भएकाले भुइँमा बस्छ र अक्सिजन कम भएर सीओ ग्याँसको निर्माण हुन्छ । सीओ श्वासका माध्यमबाट शरीरमा पुगेपछि रगतमा मिसिन्छ र शरिरको अक्सिजन सोस्ने क्षमतामा कमी ल्याउ“छ । यो प्रक्रियाले शरीरलाई हानिनोक्सानी मात्र पु¥याउँदैन मृत्युसमेत हुन सक्छ ।
सीओको सामान्य सम्पर्कमा आउँदा सुरु शुरुमा अलिअलि टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहदा तीव्र टाउको दुखाइ, रिगटा, थकान, वाकवाकी, चिटचिट हुनेजस्ता समस्या देखिन सक्छ । त्यस्तै, निर्णय क्षमता, स्मरणशक्ति र अंगमा तालमेलको कमी हुन्छ । स्नायुतन्त्रमा दीर्घकालीन हानि, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ ।

प्रारम्भिक लक्षणहरूमा ध्यान नदिँदा प्रभावित व्यक्ति बेहोसीको अवस्थामा जान्छन् तर कहिलेकाहीँ बिनाकुनै लक्षण बेहोस हुन सक्छन् । न्यून मात्राको सीओको निरन्तर सम्पर्कमा रहँदा वा एकैपटक धेरै मात्रामा सम्पर्कमा रहँदा स्रोत हटाएपछि पनि स्वास्थ्यमा दीर्घकालीन नोक्सान पुग्न सक्ने सीडीसीको तथ्यपत्रमा उल्लेख छ ।

ग्याँसले कमजोर बनाउँछ, चेतना हराउँछ, प्रभावित व्यक्ति कराउन पनि सक्दैन र स्लिपिङ टयाब्लेट खाएझंै लठ्ठ पार्छ र अन्ततः मृत्यु हुन्छ ।
टाउको दुखेकोदुखै गर्नु, सोच्ने क्षमतामा असर हुनु, सास फेर्न असजिलो हुनु, हडबडाउन थाल्नु, आ“खा र हातको तालमेल हुन छाडनु, मुटुको चाल बढ्नु, शरीरको तापक्रम कम हुनु, पेटमा समस्या उत्पन्न हुनु, रक्तचापमा कमी हुनु कार्बन मोनोअक्साइड विषाक्तताको लÔणहरू हुन । विषाक्तता माटोको घरमा भन्दा सिमेन्टेड घरमा छिटो र बढी हुन्छ ।

रगतमा सीओ नाप्न मिल्नेगरी छोटो समय मात्र रहन्छ तुरुन्तै निस्किहाल्छ । शरीरमा वा रगतमा सीओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । रगतमा सीओको मात्रा ६० प्रतिशत ह“ुदा मान्छेले चेतना गुमाउ“छ, बेहोसी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ ।
खतरनाक प्रदूषण ः २०७७ पुस २१ गते अपराह्नसम्म विश्वका ५० सहरमध्ये काठमाडांैको वायुप्रदूषण नम्बर १ मा थियो । नेपालमा बर्सेनि मृत्यु ४२ हजार १ सय जना छ । प्रदूषित कणले श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीमा प्रवेश गरेर मुटु, मस्तिष्क र फोक्सोलाई असर गर्छ । २२ गते बादल हट्दै गई घाम लागेकाले भिजिबिलिटी बढेको छ, प्रदूषणको मात्रा घटेको छ ।

पुस २० र २१ गते काठमाडौंका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक ४ सय बढी भएको थियो । नेपाल सरकारले एक्यूआई ५० सम्म स्वस्थ ३ सय नाघे विपद्को रूप लिने भनिएको छ । एक्यूआईले आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

त्यसै पनि हिउँदमा वर्षायामभन्दा चार÷पाँच गुणा बढी हुन्छ ।
धुम्रपानभन्दा घातक मानिने वायुप्रदूषण खतराको घण्टीमा छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनपर्छ, जसलाई उपयुक्त मानिन्छ । ५१ देखि १ सय सामान्य, २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर र ३ सय १ भन्दा माथि पुगे घातक मानिन्छ । विश्व स्वास्थ्य संगठनले १० मृतकमध्ये १ जनाको वायुप्रदूषणबाट ज्यान जाने गरेको छ ।

एक अध्ययनमा युद्धसहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक छ र धुम्रपानबाट हुने मृत्युभन्दा धेरै छ । वायु प्रदूषणले सामान्यत आ“खा, नाक र वायुमार्गमा जलन उत्पन्न गर्छ र मुटुका साथै फोक्सोलाई बढी असर गर्छ ।

दम, मुटु र एलर्जीपीडित बढी जोखिममा हुन्छन् । वायुप्रदूषण–साइलेन्ट किलर, हावामा चारैतिर फैलिने भएकाले यसबाट कोही पनि जोगिन मुस्किल छ ।
अन्त्यमा, प्रदूषण, चिसो तथा शीतलहरले कष्टकर बनाउने सामान्य नै भयो । नेपालका लागि तर यसकै कारण ज्यान गुमाउनु, गुमनाम मृत्युवरण गर्नु बाध्य हुनु लज्जास्पद हो ।

सरकारले विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्य राष्ट्रिय मार्गदर्शन–२०७७ स्वीकृत गरे पनि त्यसअनुसारको छलफल, तयारी र उचित व्यवस्थापन भएको देखिँदैन । विपद्बाट ज्यान गुमाएका परिवारलाई २ लाखका दरले थप राहत दिने व्यवस्था छ । तर, क्षति न्युनीकरण तथा रोकथामका पहल साह्रै नगन्य छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *