कोरोनाले बन्द सिनेमा हल पीडितको लावाजुनी प्रदर्शन गरेर सुचारु

गणतन्त्र समाचारदाता
दाङ, २७ पुस । कमलरी प्रथामा आधारित चलचित्र ‘लावाजुनी’ प्रदर्शन भएको छ । घोराहीको मनाकासी सिने प्लेक्समा लावाजुनी चलचित्र प्रर्दशन गरिएको हो ।

सञ्चारकर्मी केएल पीडितको लेखन निर्माण तथा निर्देशनमा तयार पारिएको चलचित्र लावाजुनीको प्रर्दशन गरिएको हो । कोरोना महामारीका कारण १० महिनादेखी बन्द रहेको मनाकासी सिने प्लेक्समा पहिलो सिनेमा रुपमा लावाजुनी चलचित्र प्रदर्शन गरिएको हो ।

सिने प्लेक्सका सञ्चालक सुनिलराज भण्डारीले उत्त चलचित्र प्रर्दशन आएसँगै निरन्तर हल सञ्चालन गरिने बताउनुभयो ।
चलचित्र लावाजुनी कमलरी प्रथाको शिकार भएका थारु समुदायका बालिकाहरुको कथाव्यथा र मुक्तिको आकांक्षालाई मूल विषय बनाएको छ ।

थारु भाषाको शब्द ‘लावाजुनी’ को अर्थ ‘नयाँ जीवन’ हो । लावाजुनीका कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुनुहुन्छ भने चलचित्रमा श्रीधर कुमार लम्साल, रिना बस्नेत, सम्झना जीएम, बसन्तराज भट्ट र शारदा बुढाथोकीको लगानी रहेको छ ।

चलचित्रमा छबिलाल कोपिला, ज्वाला खतिवडा, अनिता महतारा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रीया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभिनय गर्नुभएको छ ।

लडकाउनका कारण लामो समयसम्म सिनेमा हल बन्द हुदा केही समय पहिले चलचित्रलाई युटुबमा पनि रिलिज गरिएको निर्देशक पीडितले बताउनुभयो

‘लकडाउनका कारण चलचित्र बन्द हुँदा प्रर्दशन हुन पाएन । युट्युबबाटै चलचित्र रिलिज गर्नुप¥र्याे’ निर्देशक पीडितले भन्नुभयो– ‘अहिले अवस्था सहज हुँदै गएपछि हलमै चलचित्र रिलिज गरेका हौं ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *