नेसनल प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग

गणतन्त्र समाचारदाता
देउखुरी, २९पुस । नेसनल प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग गरिएको छ ।
नेसनल प्याब्सन राप्ती गाउँपालिकाले निलसागर सेवा आश्रम सिसहनियालाई खाद्यान्न सहयोग गरेको हो ।
नेसनल प्याब्सनको २३ औं स्थापना दिवसको अवसर पारेर सडक सहयोगापेक्षी मानवहरुका लागि दाल , चामल सहयोग गरिएको नेसनल प्याब्सन दाङ जिल्ला सहसचिव एवं राप्ती गाउँपालिका संयोजक विक्रान्त ज्ञवालीले जानकारी दिनु भएको छ ।

लुम्विनी प्रदेश प्रदेश मामिला तथा कानुन समिति सभापति माननीय दामा शर्माको प्रमुख आथित्यता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको सहभागिता रहेको कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना मगर, शिक्षा शाखा प्रमुख विश्वास विक, निलसागर सेवा आश्रम सिसहनिया प्रमुख प्रकास विष्ट, उद्योग विणिज्य संघ सिसहनियाका सचिव मदन पोख्रेल लगायतको सहभागित रहेको थियो ।

निलसागर सेवा आश्रम दाङ जिल्ला अध्यक्ष प्रकाश बिष्टलाई खाद्यान्न हस्तान्तरण गरिएको थियोे ।

सहजतामा मात्र होइन सङ्कटमा पनि साथ, निजी विद्यालय सदैव बालबालिका माझ भन्ने नाराका साथ मनाइएको स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न पाएकोमा संयोजक ज्ञवालीले खुशी व्यक्त गर्नुभएको थियोे ।

नेसनल प्याब्सनको २३औं स्थापना दिवसको अवसरमा नेसनल प्याब्सन राप्ती गाउँपालिकाद्वारा सडक सहयोगापेक्षी मानवका लागि निल सागर सेवा आश्रम सिसहनिया मा नेसनल प्याब्सनमा आवद्ध विद्यालयहरुका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *